चितवनमा लि–निङ ब्राण्डको शोरुम

चितवन । काठमाडौं बाहिर पहिलो शाखाको रुपमा राजधानी बाहिर पहिलो पटक ली–निङ ब्रान्डको शोरुम चितवनको सीजी ल्याण्डमार्कमा सञ्चालनमा आएको छ ।
खेलकूद सम्बन्धि आवश्यक पर्ने सम्पूर्ण पोशाक उत्पादन गर्ने ली–निङ ब्राण्डको शोरुम उद्घाटन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले गरेका छन् । प्रधानले यो शोरुमले चितवनका खेलाडीहरुलाई धेरै सहयोग पुग्ने बताए । काठमाडौं गएर खेलकुद सामग्री किन्नुपर्ने अवस्थाको अन्त्य ली–निङको शोरुमले गर्ने प्रधानले विश्वास व्यक्त गरे ।
भरतपुरमा नै खुलेको ली–निङको शोरुमले चितवन मात्र नभई नजिकको जिल्लालाई पनि राहत मिल्ने प्रधानको भनाई थियो । व्यवसायीहरुको संगठन उद्योग वाणिज्य संघले सम्पूर्ण व्यवसायीहरुको समस्याहरुलाई समाधान गर्दै, सहकार्य गर्दै अगाडि बढेको भन्दै प्रधानले सो शोरुमलाई शुभकामना पनि दिए । सो शोरुमसँग सहकार्य गर्दै उद्योग वाणिज्य संघ अगाडि बढ्ने प्रधानले बताए ।
सन् १९८२ मा हङ्गेरीको बुडापेस्टमा भएको जिम्नास्टिक प्रतियोगिताको विश्व विजेता बनेका ली–निङले आफ्नो अवकास पछि सन् १९९० मा आफ्नै नामबाट यो कम्पनीको स्थापना गरेका थिए । भरतपुरमा शोरुम खोलेको ली–निङले आगामी दिनमा पोखरा, बुटवल, विराटनगर लागायतको मुख्य ३० वटा शहरमा ली–निङको शोरुम खोल्ने योजना रहेको सञ्चालक राजन महर्जनले जानकारी दिए ।
चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निमार्णपछि खेलाडिलाई यो शोरुमले धेरै सहयोग मिल्ने महर्जनको भनाइ छ । भरतपुर सीजी ल्याण्डमार्कमा रहेको ली–निङ ब्रान्डको यो शोरुम ३० लाख रुपैयाँको लागानीमा सञ्चालनमा आएका हो । यस्तै उद्घाटनको अवसर पारेर आगामी दुई हप्तासम्म सामान खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट राखिएको छ ।