उपनिर्वाचन अपडेट : दाङ -३ (ख) प्रदेशसभामा नेकपाकी बिमलाकुमारी खत्री विजयी

दाङ :  दाङ३ (ख)को उपचुनावमा नेकपाकी बिमलाकुमारी खत्री विजयी भएकी छन् । २४ हजार २८६ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत प्राप्त गरे ।

२०७४ सालको चुनावमा एमालेका उत्तरकुमार ओलीले २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए । बिमला उनकी श्रीमती हुन् । ०७४ सालमा नेपाली कांग्रेसले १७ हजार ५३५ भोट ल्याएको थियो ।