धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै

धरान :  धरान उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका तिलक राईले अग्रता कायम गरेका छन् ।
उनले २० हजार ८९८ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले १९ हजार २७१ मत ल्याएका छन् ।
नेकपा उम्मेदवारले सुरुआती अग्रता लिएपनि झिनो मतान्तरका साथ काँग्रेस उम्मेदवारले निरन्तर अग्रता बनाउँदै लगेका छन् ।