गैडाकोट प्रहरीद्धारा ४ फिट लामो तरबारसहित ठकुरी पक्राउ

नवलपुर : नवलपुर स्थित गैँडाकोट प्रहरीले तरबार प्रहार गर्ने स्थानीय एक युवक पक्राउ गरेको छ । गैडाकोट नगरपालिका वडा नं.१६ अमरापुरी वस्ने वर्ष २० को दिप्सन मल्ल ठकुरीले मादक पदार्थ सेवन गरी तरवार लिई गाऊ घरमा अशान्ती मच्चाई रहेको अवस्थामा पक्राउ गरेकोईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए ।
मान्छेभन्दा लामो तरबार बोकेर पुगेका ठकुरीले तरबार प्रहार गर्दा आफै हल्लिएका थिए । प्रहरीका अनुसार ठकुरीले स्थानिय वासिन्दाले यस कार्यालयमा सुचना दिएको आधारमा प्हरी पोष्ट वेल्हियाबाट तत्काल प्रहरी टोली गई उनलाई ४ फिट लामो तरबारसहित पक्राउ गरिएको हो ।
घटनाको सूचना थाहा पाएपछि तत्काल पुगेको प्रहरीले तरबार प्रहार गर्ने ठकुरीलाई घटनास्थलबाटै पक्राउ गरेको जानकारी दिएका छन् ।