लागूऔषध नियन्त्रणमा गैँडाकोट प्रहरीको सक्रियता, लागूऔषध डिलर सञ्चालक पक्राउ

गैडाकोट : चितवनको पश्चिम सिमासगँ जोडिएको नवलपुर जिल्लाको गैँकोटमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र पारिएको छ । गैडाकोट क्षेत्रमा लागूऔषधका कारोबारीहरुको बढेसगैँ ईलाका प्रहरी कार्यालय गैडाकोटले लागुऔषध नियन्त्रण अभियानलाई तीव्र पारेको हो ।

अभियान अन्तरगत गैडाकोट प्रहरीलाई लागूऔषधको कारोबार नियन्त्रणमा ठुलो सफलता मिलेको छ । प्रहरीले आइतबार साँझ दुई जना लागूऔषधका डिलरलाई पक्राउ परेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा गैडाकोट ८ बस्ने अशोक लामा र गैडाकोट ५ बस्ने सोम गुरुगंलाई खानतलासी गर्ने क्रममा लागूऔषध नोफिन, डाईजेपाम र फेनारगन गरी ८४ एम्पुल बरामद गरेको उनले बताए ।
पक्राउ परेका दुबैलाई हाल प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको र लागूऔषध ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भएको गैँडाकोट प्रहरीले जनाएको छ ।

यस क्षेत्रमा भारतीय सिमा नाकाबाट लागूऔषध ल्याई यो क्षेत्रलाई लागुऔषध विक्री वितरण र सेवन गर्ने सूचना पाए सँगै प्रहरीले सक्रिया बढाएको हो । पक्राउ परेका दुवै यसअघि पटक पटक पक्राउ पर्दै आएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

लागूऔषधको कारोबार बढेका कारण नवलपुर जिल्लासगैँ गैडाकोट क्षेत्रमा नै अपराधीक क्रियाकलाप बढ्ने देखिएपछि अभियानलाई प्रभावकारी बनाउनदै लगिएको हो ।

लागुऔषधसगैँ गुण्डागर्दी विरुद्ध शुन्य सहनशिलताका साथ कार्य गर्ने बताएका गैडाकोट प्रमुख कार्कीले लागुऔधष नियन्त्रण र गुण्डागर्दी विरुद्ध खरो उत्रिएका हुन् ।

लागुऔषध, फरार अभियुक्त पक्राउ लगायत जिल्लामा सुशासन कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे अनुसार विभिन्न कार्ययोजनाका उनको यस क्षेत्रमा राम्रै सफलता मिलेको देखिएको हो ।

लागुऔषधसहित फरार अभियुक्त पक्राउ, चौरी तस्कर र गुडागर्दी नियन्त्रण, ट्राफिक व्यवस्थापन, घरेलु हिंसा, बैकिङ्ग कसुर, जुवातास, यौन व्यवसाय, अवैध मदिरा लगायतका अपराधिक कार्यहरुमा प्रहरी निरीक्षक कार्की थप कठोर भएर प्रस्तुत भएका छन् ।

“म यस गैडाकोटमा आएदेखि नै लागुऔषध नियन्त्रण मुख्य आधार बनाएर गाडी बढेको थिए उनले भने । लागु औषधको कारोबार, सेवन, ओसापसार नियन्त्रणका लागि प्रहरीप्रधान कार्यालय, प्रदेश प्रहरी र जिल्लाको कार्ययोजना अनुसार अघि बढेकै कारण ठुलो सफलता मिलेको हो । ”