आगलागीबाट ११ लाखको क्षति

बैतडी : बैतडीमा आगलागी भएको छ। दशरथचन्द नगरपालिका-९ चैनपुर भन्ने ठाउँमा एक पसलमा आगलागी भएको हो। स्थानीय कृष्णानन्द जोशीको पसल तथा होटेलमा आगलागी भएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए।

आगलागीबाट ११ लाख १४ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट पसल र पसलभित्र रहेका सामग्री जलेर नष्ट भएका छन्। प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।