देवघाट गाउँपालिकाको दुई वटा वडामा ५५ जना वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण

तनहुँ : देवघाट गाउँपालिका वडा नम्बर दुई र तिनको दुर्गम ठाँउका आर्थिक अवस्था कम्जोर भएका ५५ जना वृद्धवृद्धाहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण देवघाट गाउँ पालिकाको अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि दुर्ग बहादुर थापाको हात बाट वितरण गरिएको थियो।

प्रमुख अतिथि दुर्ग बहादुर थापाले देवघाट गाउँपालिकाका भौगोलिक हिसाबले पनि तनहुँ जिल्लाकै विकट र दुर्गम ठाँउ भएको र बिकास क्षेत्र अगाडी बढाउन गाउँपालिकाको बजेट मात्र नभई प्रदेश सरकार र केन्द्र सरकार संघ पहल गरि बिकास अगाडी बढिरहेको बताउनु भएको थियो।

यसरी उहाँले दिपक कुमार राईले आफ्नो ३८औं जन्मोत्सवकोमा आफ्नो खर्च बचाएर यसरी दुर्गम ठाँउका आर्थिक अबस्था कम्जोर भएका वृद्धवृद्धाहरुलाई आफ्नै बुबाआमा सम्झेर जुन सहयोग गर्नु भयो धेरै नै राम्रो काम गरेकोमा धन्यवाद दिनु भएको थियोे। सुनसरी इटहरी २० खार्साला तरहरा निवासी हाल स-परिवार नै बेलायत बस्नु हुने पदम कुमार राईले आफ्नो ३८ औं जन्मोत्सव अवसरमा देवघाट गाउँपालिकाको विकट ठाँउ २ र ३ नम्बर वडाका ५५ जना आर्थिक अवस्था कम्जोर भएका वृद्धवृद्धाहरुलाई ६० हजार बराबरको न्यानो कपडा सुईटर र टोपी सहयोग गर्नु भएको थियो ।

कार्यक्रममा अन्य अतिथिहरुमा तनहुँ जिल्ला कमिति सचीवलय सदस्य भिम बहादुर राना,देवघाट गाउँपालिका ने.क.पा.अध्यक्ष भुवनसिङ्ग गुरुङ,तनहुँ जिल्ला कमिटी सदस्य बाबुराम अधिकार,देवघाट ३ नम्बर वडा सदस्य मनमाया बि.क.चितवन पोष्टका सम्पादक तुलमान गुरुङ,बिहानी मिडियाका फोटोग्राफर दर्शन सापकोटा, ल्हुग्रीङ्ग टोल बिकास अध्यक्ष यम बहादुर थापा,समाजसेवी भत्त बहादुर थापा, लियो देवघाटका बिकास ढकाल र समाजसेवी जित थापा मगरको उपस्थित रहेको थियो । कार्यक्रम देवघाट गाउँपालिकाका कार्यापालिका सदस्य यममाया गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।