(LIVE) दशरथ रंगाशालामा १३ औँ सागको उद्घाटन

काठमाडौं : १३ औँं दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिताको उद्घाटन सत्र दशरथ रंगशालामा सुरु भएको छ। एक भब्य समारोहबीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्न लागेकी हुन्।

साँझ ५ बजेदेखि सुरु भएको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय गान बजेसँगै सातै देशका खेलाडीले मार्च पास गरेका थिए।  त्यसपछि आयोजक राष्ट्रको तर्फबाट खेलका विभिन्न पदाधिकारी र मन्त्रीहरुले मन्तब्य दिइरहेका छन्।  लाइभ भिडियो