रेडियो सन्देशका बिज्ञापनदातालाई निःशुल्क मलेसिया र सिङ्गापुर भ्रमण

हेटौंडा : सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित रेडियो सन्देश १०६.९ मेगाहर्जले गतबर्ष झैं यसबर्ष पनि बिज्ञापनदाताहरुलाई मलेसिया र सिङ्गापुर दुुई देश निःशुल्क भ्रमण गराउने भएको छ ।

रेडियो सन्देशले बिशेषगरी बिज्ञापनदाताहरुलाई लक्षित गरेर बम्पर अफर घोषणा अध्यक्ष खड्काको भनाई छ । बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वन र बिज्ञापनदातासंग दीर्घकालिन सम्बन्ध स्थापित गर्न देशमा नैं पहिलो पटक फरक सोचकासाथ बम्पर अफर घोषणा गरेको उहाँले बताउनुभयो ।

एक बर्षसम्म नियमित रेडियोमा बिज्ञापन प्रशारण गर्ने बिज्ञापनदातालाई बिदेश भ्रमणमा लैंजाने रेडियोले उद्घोष गरे अनुसार रेडियोले गतबर्ष पनि थाईल्याण्डको बैंकक, पतैंया, आईल्याण्ड लगायत ऐतिहासिक पर्यटकिय स्थलहरुको निःशुल्क भ्रमण गराएको थियो ।

बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वन संगैं वैंदेशिक भ्रमणको पनि प्याकेज ल्याईएको सामुदायिक सञ्चार समुह (रेडियो सन्देश १०६.९ मेगाहर्ज ) का अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

पहिलो चरणमा मंसिर महिनाभित्र बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई पुसको पहिलो साता बिदेश भ्रमणमा लगिने अध्यक्ष खड्काले बताउनुभयो । बिज्ञापन बजाउनको लागी स्विकृति भएकैं दिन बिदेश भ्रमणको लागी सहमती गरिने बताईएको छ ।

सुचना तथा सञ्चार मन्त्रालयमा ९५०/०७३/०७४ दर्ता भएको रेडियो सन्देश असोज १ गतेदेखी radiosandesh.com अनलाईन मार्फत प्रशारणमा आएको थियो । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार ९बुद्ध चोक० बाट रेडियो प्रशारणको आरम्भ भएको छ ।