चितवनमा आजबाटै मतगणना शुरु गरिने, सुरक्षाका लागि तारजाली र सिसि क्यामराको निगरानी

चितवन :  चितवनमा आजबाटै मतगणना शुरु गरिने भएको छ । आज साँझ सात ७ बजे देखि नै मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।
मतगणना स्थलमा तारजाली लगाइएको छ । साथै सिसि क्यामराको निगरानीमा मतगणना हुने भएकाले सुरक्षितरुपमै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

भरतपुर १६ को मतगाण जिल्ला अदालतको परिषरमा रहेको निर्वाचन कार्यालयमा र खैरहनी वडा नमबर ४ र ५ को इलाका प्रहरी कायाृलय खैरहनीको आडैँमा रहेको साविकको खैरहनी नगरापलिकाको कार्यालयमा मतगणना गरिने निर्वाचन अधिकृत विद्याधर  पौडेलले जानकारी दिनुभयो । अहिले शान्तपूर्णरुपमा मतगणना कार्य जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

दुबै मतगणना स्थलको सुरक्षा अवस्थाका बारेमामा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले आज जानकारी लिएका छन् ।