बालबालिकालाई हप्कीदप्की नगर्नुस्, सम्झाएर मात्र सुधार्न सकिन्छ

काठमाडौं :  केही दिनअघि सामाजिक सञ्जालमा आमाले बच्चालाई पिटेको एउटा भिडियो धेरै भाइरल भयो । धेरै नराम्रो प्रतिक्रिया पनि आयो । के बच्चालाई यसरी पिट्नुहुन्छ त रु

अभिभावक अनुशासनको नाममा अथवा आफ्नो रिस बालबालिकालाई पिटेर वा गाली गर्ने गर्छन् । संकटा मन्दिरमा दर्शन गर्न आएकी रश्मि अधिकारी ९नाम परिवर्तन० ले पनि आफ्नो छोरालाई दुई थप्पड लगाइन् ।

त्यसपछि बालकको नाकबाट रगत बग्न थाल्यो । सँगैको मेडिकल पसले सुरेश कार्कीले कपास दिए र आमालाई सम्झाएर पठाए ।

‘आमाले पिटेका बेला नाकमा परेको हुनसक्छ,’ कार्की भन्छन्, ‘त्यसैले रगत बगेको हो ।’ यसरी रिसमा आफ्ना बालबालिकालाई पिट्दा जता पनि पर्न सक्ने भएकाले यस्तो नगर्न सुझाव दिन्छन् ।

बच्चाले दुःख दिएकाले पिटेको प्रतिक्रिया दिँदै अधिकारीले भनिन्, ‘विस्तारै गरे जस्तो लागेको थियो रगत नै आयो अबदेखि कहिले पिट्दिनँ, म त धेरै डराएकी छु ।’ यो त एउटा प्रत्यक्ष देखिएको घटना मात्र हो । यस्तो घटना धेरै घरघरमा भइरहेको हुन्छ ।

‘बालबालिकालाई अनुशासित बनाउने बहानामा पिट्नुहुन्छ भने यो गलत तरिका हो,’ मनोविश्लेषक बासु आचार्यले भन्छन्, ‘बच्चालाई सही बाटोमा डोहो¥याउनका लागि शारीरिक सजाय दिने वा पिट्ने कामले राम्रो नतिजा दिँदैन । बरु, यस्तो व्यवहारले बच्चामा डर, अत्माग्लानि, तनाव पैदा गर्छ ।’

यता मानसिक समस्या सम्बन्धित चिकित्सक डा। सरोज ओझा भन्छन्, पिट्ने, गाली दिने जस्तो कार्यले बालबालिकामा नकारात्मक सोचाइ पैदा हुन्छ त्यस्तो गर्नु हुन्न ।

बच्चाले कुनै गल्ती गर्छ भने त्यो उसले जानेर वा नजानेर गरेको हो रु भन्ने बुझ्नुपर्छ भन्दै डा। ओझा थप्छन्, ‘नजानेर गरेको भए त्यो काम गलत हो भनेर सम्झाउनुपर्छ । साथै जानेर गरेको छ भने त्यसको नकारात्मक असर के हुन्छ, त्यो काम किन गर्नु हुँदैनथ्यो भन्ने कुरा महसुस गराउनुपर्छ ।’

आजको गोरखापत्र दैनिकमा यलु जोशीको बाइलाइनमा यो समाचार प्रकाशित छ ।