प्रदेश–३ सरकारको तयारीः जेललाई घरेलु उद्योगका रुपमा विकास गरिने

हेटौंडा : प्रदेश नम्बर–३ सरकारले कैदी वन्दी वस्ने जेललाई अव घरेलु उद्योगका रुपमा विकास गर्ने योजना ल्याएको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले जेलमा विभीन्न सामाग्री उत्पादन गर्ने उद्योगका रुपमा विकास गर्ने योजना ल्याएको हो ।

जेलमा रहेका कैदी, वन्दीहरुलाई तालिम दिने र रोजगारी दिनेगरी कार्यक्रम गर्न लागेको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताउनुभयो । अहिले ठुलो जनसक्ति जेलमा रहेकाले उनीहरुका लागि पनि सिप दिएर काममा लगाउने गरी विभीन्न प्रकारका तालिम संगै योजना कार्यान्वयन गर्नेगरी अव तत्कालै काम सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

मकवानपुर, चितवन र धादिङमा रहेका जेलका वन्दीलाई पहिलो चरणमा रोजगारी

प्रदेश ३ सरकारले मकवानपुर, चितवन र धादिङमा रहेका जेलका वन्दीलाई पहिलो चरणमा रोजगारी दिने तयारी गरेको छ । तीन वटा जेलबाट तालिमपछी सिप उत्पादन सामाग्री निर्माण गर्ने मेसिन समेत दिएर काम सुरु गर्न लागिएको हो । मकवानपुरको भिमफेदी जेलमा मात्र ११ सय जना कैदी वन्दी रहेका छन् । उनीहरु मध्यमा यो पटक १ सय जनालाई तालिम दिएर रोजगारी समेत दिन लागिएको मन्त्री जमकट्टेलले जानकारी दिनुभयो ।

जेलमा उत्पादन गरेको सामाग्रीको वजारीकरण प्रदेश सरकारले गर्ने

प्रदेशको काठमाण्डौं उपत्यका भन्दा बाहेकका जिल्लामा रहेका जेलमा उत्पादन गरेको सामाग्रीको वजारीकरण प्रदेश सरकारले गर्ने भएको छ । त्यहाँ उत्पादन हुने सामाग्री विदेस समेत जाने गरेको छ । तर, कैदी वन्दीहरुले भने आफुले उत्पादन गरेको सामाग्रीको थोरै रकम मात्र पाउने गरेका छन् ।

उनीहरुको सामाग्रीको उचित मुल्यका लागि पनि वजारीकरणको व्यावस्था गर्न लागिएको मन्त्री जमकट्टेलले वताउनुभयो । वजारका लागि कुनै स्थानमा उनीहरुले मात्र उत्पादन गरेको सामाग्री राख्ने र बिक्री गर्नका लागि व्यावस्था मिलाउन लागिएको हो ।

उत्पादन गरेको सामाग्री वजारीकरणका लागि मन्त्रालयले चालु आर्थिक वर्षमा तीन लाख रुपैयाँ छुट्याएको छ । जेलमा सिप मुलक तालिम सिकाउनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ छुट्याएको छ । त्यही रकमबाट सिप सिकाउने काम गर्न लागिएको हो । अहिले पनि मकवानपुरको भिमफेदी जेलमा रहेका वन्दीहरुले मुढा, गलैचा, पाते लगायतका सामाग्री उत्पादन गर्दै आएका छन् ।

जेलमा पढाइ संगै योग शिवीर

प्रदेश नम्बर ३ मा रहेका जेलमा कैदी वन्दी थुन्ने मात्र नभइकन उनीहरुलाई राखेर पढाउने काम संगै योग शिवीर पनि दैनिक सञ्चालन गर्ने तयारी गरिएको छ । जेललाई सुधार गृहका रुपमा परिणत गर्दै उनीहरुका लागि पढाउने तयारी गरिएको हो ।

विभीन्न क्षेत्रका निरक्षरहरु जेलमा रहेकाले उनीहरुको लागि सवै उमेर समुहलाई राखेर पढाउन लागिएको आन्तरिक मामिला तथा कानून मन्त्री जमकट्टेलले वताउनुभयो । योग शिवीर संचालन गर्दा उनीहरुको स्वास्थ्यमा पनि सुधार आउने र स्वस्थ रहने भएकाले यो काम पनि संगै अगाडी वढाउन थालिएको छ ।