मनहरीको मसिने र बोटेसुकौरामा बाघ आतंकः हात्ति लिएर बाघको खोजी गरिने

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिने र वडा नम्बर ३ वोटेसुकौरामा बाघको आंतकका कारण स्थानीय त्रसीत भएपछी हात्तिका माध्यमले बाघको खोजी गरिने भएको छ ।

फेरी पनि यस क्षेत्रमा बाघले थप चारवटा बाख्रा खाएपछी स्थानीय त्रसित वन्नुका साथै गाउँमा वस्न समेत समस्या भएपछी हात्तिलिएर बाघको खोजी गर्न लागिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । बाघको खोजी गरेर समस्याको समाधान तर्फ लागिएको उहाँले वताउनुभयो । गाउँमा दिहुँजसो बाघ आउन थालेपछी स्थानीय वासिन्दाहरु त्रसित भएका हुन् ।

मनहरीको वडा नम्बर ३ बोटे सुकौरामा बाघले गाई मारेको र मसिनेमा भने बाघले चार वटा बाख्रा खाएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । बाघले गोठमै आएर गाई र बाख्रा खान थालेपछी स्थानीयहरु पनि त्रसित भएको अध्यक्ष उप्रेतीले वताउनुभयो । जंगलमा गाई र बाख्रा चर्न गएको वखत भन्दा पनि घर संगैको गोठमा आएर खान थालेपछी गाउँलेहरु थप समस्यामा परेका छन् ।