रास्ट्रिय भजन गायक लोकेन्द्र को सहभागिता मा रुरु क्षेत्रमा पाँचौ पटक भजन प्रतियोगिता हुने

उदय अतीत, स्याङ्जा : रुरु धार्मिक सेवा सन्चार प्रा. लि. को आयोजनामा यहि मङ्सिर -१५ गते पबित्र धार्मिक तथा पर्यटकीय क्षेत्र रिणी धाममा पाँचौ पटक भजन प्रतियोगिता , दिप पज्वलन संख बजाउने प्रतियोगिता ,ज्येष्ठ नागरिक सम्मान,असल बुहारी सम्मान ,पत्रकार सम्मान ,बिबिध पाठ पारायण रास्ट्रिय कलाकार पर्स्तुती सहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजक तथा रुरु धार्मिक सेवा सन्चार प्रा. लि का गुरु तथा पत्रकार चुरामणी तिमिल्सिनाले जानकारी दिनु भएको छ।

धर्म संस्कृतिको जगेर्ना गर्नु आफुहरुको उदेश्य रहेको पनि तिमिल्सिनाले बताउनु भएको छ। यस्तो कार्यक्रम सबै ठाउँमा हुनुपर्ने र यो पुस्ताले अर्को पुस्तालाई सस्कृती सिकाउन पनि यस्ता कार्यक्रम ले सहयोग पुरयाने बताउनु भएको छ। उत्त कार्यक्रममा स्याङ्जा ,पाल्पा,गुल्मी पर्बत अर्घाखाँची रुपन्देही नवलपरासी कपिलवस्तु लगायतका भत्तजन सहभागी हुने बताईएको बताईएको छ।