देवघाटमा बृहत सरसफाइ

देवघाट : नेपालकै पबित्र धाम भनेर देश तथा बिदेशमा परिचीत देवघाटधाममा देवघाट क्षेत्र बिकास समितिको आयोजना बृहत सरसफाइ कार्यक्रम गरिएको छ। यहीँ कार्तिक नौ गते बालचातुर्द्सीको दिन देशका विभिन्न जिल्ला र स्थानबाट आएका भक्तजनहरुले प्रयोग गरेका टोपरी,दुना,धूप,पल्यास्टिकका झोला र पानीका बोतलहरु आफू बसेको ठाँउमा नै छोड्ने गर्दछ। ती फोहोरहरु व्यवस्थापन गर्नको लागि देवघाट क्षेत्र बिकास समितिले बृहतरुपमा सरसफाइ कार्यक्रम आयोजना गरिएको देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनु थियो । सरसफाइ कार्यक्रममा देवघाट गाउँपालिका,देवघाट ५ नम्बर वडा,देवघाट इलाका प्रहरी कार्यालय,नेपाली सेना,सशस्त्र प्रहरीवल,नेपाल प्रहरी,देवघाट टोल बिकास सस्था,विद्यालय,महिला संजाल,सामुदायिक वन लगाएत विभिन्न संघ सस्थाका र बुद्धिजिवि ब्याक्तीहरुको उपस्थितीमा देवघाटको तनहुँ तर्फ वेणि संगम हुदै कालीगण्डकी किनार सरसफाइ गरिएको थियो । देवघाटको चितवन तर्फ त्रीसुली नदि वरिपरि समेत सरसफाइ गरिएको थियोे ।