सरकारलाई सन्देश दिनका लागि उपनिर्वाचन काँग्रेसले जित्नैपर्छ : नेता गगन थापा

ध्रुवराज खनाल, चितवन : नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले सरकारलाई सन्देश दिनका लागि उपनिर्वाचन काँग्रेसले जित्नु पर्ने बताएका छन् । चितवन खैरहनी ५ मा बुधवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै केन्द्रिय सदस्य थापाले सरकारको शैली बदल्न उपनिर्वाचन जित्नु पर्ने बताएका हुन् । नेकपाका अध्यक्ष प्रचण्डको नाम लिदै काँग्रेस नेता थापाले जुनियर पाईटलको रुपमा रहेका प्रचण्डकै जिल्लामा चुनाव जितेर नेकपा र सरकारलाई गतिलो सन्देश दिनु पर्ने बताए ।

नेता थापाले शक्तिशाली रुपमा रहेका प्रधानमन्त्री केपी शर्माले ओलीले २ वर्षको अवधिमा जन चाहना अनुसार काम गर्न नसकेको आरोप लगाए । उनले भने ‘केपी ओलीको सरकार अनुकलताको सरकार छ, तर काम गर्न सकेका छैनन्’ उनले थपे ‘दुई तिहाईबाट चुनिएका प्रधानमन्त्रीले बितेको समयमा मौकाको सदुपयोग गर्न सकेनन्, अa पनि केही गर्ने वाला छैन्’ ।

नेपाली काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठले काग्रेसलाई भोट हालेर पश्चात गर्न नपर्ने धारणा राखे । खैरहनी ५ का तत्कालिन वडाध्यक्ष विश्व विजय बस्नेतको सवारी दुर्घटनामा परि मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा काँग्रेसले बस्नेतकी श्रीमती प्रतिमा कार्कीलाई उम्मेदवार बनाएर चुनावी मैदानमा होमिएको छ ।