गढीमाई मेला आजबाट प्रारम्भ

काठमाडौं : आज विक्रम संवत् २०७६ साल मंसिर ११ गते वुधबार, ईश्वी संवत २०१९ नभेम्बर २७ । नेपाल सम्बत ११४० कछलागा, प्रतिपदा । अहिले परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको प्रतिपदा तिथि राति ७ बजेर ५३ मिनेटसम्म रहनेछ ।

यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । अनुराधा नक्षत्र बिहान ९ बजेर ३८ मिनेटसम्म रहनेछन् । यसैगरी आज सुकर्म योग र किस्तुघ्न करण रहेको छ ।

आजबाट मार्गशीर्ष शुक्लपक्षको आरम्भ भएको छ । शुक्लपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ । सूर्य र चन्द्रमाको शून्य देखि १८० डिग्री सम्मको अन्तरसम्म शुक्लपक्ष रहन्छ । आजबाट बाराको गढीमाईमा लाग्ने मेला प्रारम्भ भएको छ ।