दक्षिण कोरियामा एक नेपालीको मृत्यु

काठमाडौँ :  दक्षिण कोरियामा एक नेपाली युवाको ज्यान गएको छ । रोजगारीका लागि कोरिय पुगेका टेम्केमैयुङ गाउँपालिका–१, तिम्मा भोजपुरका ३५ वर्षीय अमिन राईको नोभेम्बर ९ तारिख सोमबार राति ज्यान गएको हो।

कम्पनीमा काम गरिरहेको समयमा रिँगटा लागेको र अस्पताल पुर्‍याएलगत्तै उनलाई अस्पतालले मृतक घोषणा गरेको थियो।

अमिनले गएको शनिबार दिउँसो १२ बजे आफूलाई ज्वरो आएको भनेर फेसबुक स्टाटसमा राखेका थिए । उनको मृत्युको आधिकारिक कारण अझैसम्म खुलेको छैन् । यधपी कारण न्यून रक्तचाप हुनसक्ने आशंका गरिएको छ ।

अमिन ५ वर्षअघि रोजगार अनुमती प्रणाली मार्फत कोरिया आएका थिए। उनको शव नेपाल पठाउन यहाँको नेपाली समाजले पहल गरिरहेको छ।