माडीको सोमेश्वर गढी प्रवेश ईलाकामा सुन्दरता थपिदै, ढुंगामा मूर्ती (फोटो फिचर)

ध्रुवराज खनाल, चितवन : चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानु पर्ने माडी नगरपालिका आफैमा रमणीय क्षेत्रको रुपमा रहेको छ । चुरेले घेरिएको माडी उपत्यकालाई कृषि र पर्यटकीय हिसावले उर्वर भुमी मानिन्छ । धार्मिक पर्यटकीय हिसावले पनि यस क्षेत्रको महत्व छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रही सरकारको थप १०० पर्यटकीय गन्तव्य रहेको सोमेश्वर गढी भारतसँग जोडिएको क्षेत्र छ । त्यही क्षेत्रमा अहिले आकर्षक मूर्तिहरु कुँदिएका छन् ।

माडी नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्ति विभागको संयुक्त प्रयासमा गढी क्षेत्रमा रहेका ढुंगामा मूर्ति कुँदिएका हुन् । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै गढीमा मूर्ति कुँदेर आकर्षण थपिएको छ । यहाँ ३३ जना मूर्तीकारले १८ दिन लगाएर ढुंगामा मूर्ति बनाएका छन् । ऐतिहासिक,धार्मिक, सास्कृतिक महत्व दर्साउनले मूर्ति कुँदिएको छ । ५० भन्दा बढी मूर्ति बनाइएको छ ।  

धार्मिक र सामरिक महत्व रहेको सोमेश्वर गढीको संरक्षण र पर्यटकका लागि आकर्षण बढाउन नयाँ प्रयास थालिएको माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकाल बताउँछन् । सोमेश्वर गढीको विकासका लागि १ अर्व भन्दा वढि रुपैया खर्च हुने गरि विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भईरहेको छ ।