सञ्चारकर्मी खड्का जापानमा सम्मानित

जापान : मकवानपुरका सञ्चारकर्मी सुनिल खड्का जापानमा सम्मानित हुनुभएको छ ।
मकवानपुर जापान समाजले आज जापानको टोकियो सहरमा एक कार्यक्रमको आयोजना गरि खड्कालाई सम्मान गरेको हो ।
पत्रकारिता तथा सामाजिक क्षेत्रमा कृयाशिल रहि खड्का ले समाजमा पुर्याउनु भएको योगदानको कदर गर्दै खड्कालाई सम्मान गरिएको मकवानपुर-जापान समाजका अध्यक्ष बच्चुराम अर्यालले बताउनुभयो ।
खड्का अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल स्वकीय सचिव तथा प्रेस सल्लाहकार हुनुहुन्छ भने हेटौंडामा रहेको रेडियो सन्देश १०६.९ मेगाहर्जका अध्यक्ष र निकास साप्ताहिकको प्रकाशक समेत हुनुहुन्छ । उहाँ विगत १७ बर्षदेखी निरन्तर पत्रकारिता कृयाशिल हुनुहुन्छ ।
मकवानपुरको हाडिखोलामा जन्मनु भएका खड्का हाल हेटौंडा – ८ कमानेका स्थायी बासिन्दा हुन ।
स्वास्थ मन्त्री र शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रीको प्रेस सल्लाहकार रहदा खड्काले जिल्लाको समग्र क्षेत्रमा गर्नुभएको काम र पत्रकारिताको क्षेत्रबाट समाजमा दिनुभएको योगदानको कदर स्वरुप खड्कालाई प्रवासी नेपालीहरुको सस्था मकवानपुर-जापान समाजले आज एक कार्यक्रमका बिच सम्मान गरेको समाजका महासचिव श्रीराम रिजालले जानकारी दिनुभयो ।
कार्यक्रममा भिजिट नेपाल-२०२०, नेपालाको समग्र शैक्षिक अवस्था, नेपालमा रोजगारीको संभावना र अवसर लगायतका बिषयमा बृहत अन्तर्कृया पनि गरिएको थियो ।
जापानमा बस्दै आउनुभएका मकवानपुर जिल्लाबासीहरु को सस्था मकवानपुर-जापान समाजले प्रवासमा समस्या परेका नेपालीहरु लाई सहयोग गर्ने, नेपालमा परेको प्राकृतिक बिपत्तिमा सहयोग गर्ने, लगायतका विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
भविष्यमा नेपालमै स्वरोजगारमुखी कार्यक्रमहरु संचालन गरि युवाहरु लाई बिदेश जान रोक्ने लक्ष्य लिएको यो सस्था जापानको कृयाशिल सस्था हो ।
रेडियो सन्देशका अध्यक्ष समेत रहनु भएका खड्का एसिया र युरोप मुलुकका प्रशारक सस्थाहरुको सम्मेलन (56th Asia-Pacific Broadcasting Union General Assembly and Associated Meetings) मा सहभागी हुन जापान आउनुभएको हो ।
कार्यक्रम मकवानपुर-जापान समाजका अध्यक्ष बच्चुराम अर्यालको अध्यक्षता सम्पन्न भएको हो ।