अमेरिकामा दुर्घटना, तीन जनाको मृत्यु

फ्लोरिडा : अमेरिकाको फ्लोरिडा राज्यको पाल्म बिचमा भएको सवारी दुर्घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेको समाचारअनुसार रेल र कार एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो ।

रेलको बाटो पार गरेर अर्कोतर्फ जान खोजीरहेको कारलाई रेलले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । रेलले ठक्कर दिएको कार पूर्ण रुपमा कुच्चिएको अधिकारीहरुले जानकारी दिएका छन् ।  रेलतर्फका भने केही क्षति नभएको र कोही पनि घाइते नभएका सो रेल सञ्चालक संस्थाले जनाएको छ ।