तरकारीवालीले गरिन् धादिङे ठिटोसँग बिहे

चितवन :  कुनै समय सामाजिक सञ्जालमा चर्चामा रहेकी ‘तरकारीवाली’ कुसुम श्रेष्ठले विवाह गरेकि छिन् । तरकारीवालीको नामले भाइरल भएकी कुसुम श्रेष्ठले गत शुक्रबार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् ।

कुसुम र राजन विगत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेकोे कुशुमको तस्विर सामाजिक सञ्जालमा छोटो समयमै भाइरल भएपछि उनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समेत छाएकी थिइन् ।

फोटो भाइरल भएलगत्तै कुसुमलाई चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङको लागि अफर आएको थियो । उनले नेपाली चलचित्र ‘लम्फु’ मा अभिनय समेत गरेकी थिईन् ।