बिकिनी लागाउँदा वाणीलाई मुद्दा परेपछि

बलिउड अभिनेत्री बाणी कपूर सामाजिक सञ्जालमा सेयर गरेको एक तस्विरले तनावमा छिन् ।सामाजिक सञ्जालमा सक्रिय भइहरने बाणीले हरे राम लेखेको बिकिनी लगाएको तस्बिर सेयर गरेकी थिइन् । तर उनलाई त्यही तस्विर भारी परेको छ ।उनले बिकीनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो ।

यसैबीच, बाणीविरुद्ध मुद्दा दर्ता भएको छ । भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचारका अनुसार मुम्बईको एन एम जोशी मार्गमा रहेको पुलिस स्टेशनमा रमा सावन्त नामकी महिलाले बाणीविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।

उनले बाणीविरुद्ध मानिसहरुको धार्मिक भावनामा ठेस पुराएको आरोप लगाएकी छिन् । रमाले पुलिसले उनलाई स्टेटमेन्ट रेकर्ड गर्नको लागि बोलाएको बताएकी छिन् ।

यसपछि, वाणीले इन्स्टाग्रामबाट ट्रोल बनेको तस्बिर हटाएकी छिन् । यद्यपि, तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेको छ ।

उनको तस्बिरमा इन्स्टाग्राम प्रयोगकर्ताहरुले जुनसुकै कपडालाई पनि फेशनको रुपमा प्रयोग गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने बताएका छन् ।