नेकपा प्रवेशको लर्को, १५५ जना प्रवेश

 

हेटौँडा :  मकवानपुरको पुर्वी बकैया गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेशको लर्को लागेको छ । आज बकैयाको वडा नंबर ६ मा भएको नेकपाको विशेष कार्यक्रमबिच १ सय ५५ जना नेकपामा प्रवेश गरेका छन् । कार्यक्रममा कांग्रेस तथा राप्रपाबाछबाट विरबहादुर पाख्रीन, मालती गोले, मान बा गोले, चेत बहादुर लामा, फुलमाया भोलन, गंगामाया घलान लगाएत १ सय ५५ जना प्रवेश गरेको नेकपा बकैयाकी कार्यालय सदस्य तथा बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बताईन् ।


नेकपा प्रदेश नंबर ३ का सदस्य शर्केस घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा युवा नेता तथा जिल्ला सचिवाल सदस्य हिदम लामाको विशेष आतिथ्यता रहेको थियो ।


कार्यक्रममा नेकपा मकवानपुर जिल्ला तहका नेताहरु, क्षेत्रीय कमिटिका नेता तथा गाउँपालिका पदाधिकारी तथा सदस्यहरुको आतिथ्यता रहेको थियो । बकैयालाई लाल बकैया बनाउने अभियान स्वरुप कार्यक्रमहरुलाई तिब्रता दिईएको नेकपा बकैया गाउँपालिका अध्यक्ष नारायण तिमल्सिनाले बताए ।