भरतपुर १६ मा हमालको पक्षमा वृद्धवृद्धाहरुले आशिर्वाद दिदै भने : ‘भोट के मा, सुर्यमा…’

चितवन : आसन्न उपनिर्वाचनको तयारी देशैभरमा तीव्र पारि पारिएको छ । यसै क्रममा उप निर्वाचन हुने चितवनको भरतपुर १६ मा पनि चुनावी मओल तातेको छ । हरेक दिन फरक फरक तवरले आफ आफ्ना एजेण्डासहित उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । तर पनि बुधबार बिहान भने हामी वडा नम्बर १६ मा पुग्दा पुग्दा नेपाल कम्युनिष्ट पार्टीका एक हुल कार्यकर्ता ‘भोट के मा, सुर्यमा…’ भन्दै नारा लगाइरहेका थिए । 

यहि मंसिर १४ गते हुन लागेको उप निर्वाचनको सरगर्मी भरतपुरको वडा नम्बर १६ चुनावी महोल खुब तातेको छ । निकै शालिन र सरल स्वभावका नेता मानिने भक्तराज हमाल मतदाता भेटघाट व्यस्त छन् । उनलाई साविक वडा नं ५० नर्सरीचोक ब्रहम्पुर र साविक मंगलपुर ५ का विशेष गरि वुद्धवुद्धाहरुले जनताका लागि आवश्यक र प्यारो मान्छे भएको भन्दै आशिर्वाद दिएको माहोल निकै रोचक देखिएको थियो । भने उम्मेदवार हमालले भने आफ्नो चुनावी क्षेत्रका मतदाताहरुसंग भएका गुनासा र आफ्ना प्रतिवद्धताहरुलाई प्रत्यक्ष रुपमा सहभागि हुँदै साक्षात्कार गरिरहेका थिए । सो अवसरमा स्थानिय जेष्ठ अगुवाहरुले उम्मेदवार हमाललाई जिताउन अनुरोध गर्दै राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाको लागि नेकपालाई जिताउनुपर्ने तर्क गरे । देशैभरी रिक्त रहेका स्थानमा हुन लागेको उप निर्वाचनको तयारीमा सरकार, निर्वाचन आयोग र विभिन्न दलहरु जुटेका छन् । नेकपा उम्मेदवारलाई विजयी गराउनका लागि आफूहरु लागि परेको र जनताले विश्वासका साथ आफूहरुलाई मतदान गर्ने नेकपा भरतपुरले जनाएको छ ।