चितवनमा प्रदेश स्तरीय रेन्बुकाई कराँते प्रतियोगिता हुदै

चितवन : पुर्बी चितवनको रत्ननगरमा हुने प्रदेश स्तरीय रेन्बुकाई कराँते प्रतियोगिता १३ जिल्लाका २ सय ५० खेलाडिको सहभागिता हुने भएको छ । रत्ननगरमा रहेको नेपाल रेन्बुकाई कराँते डो संघ जिल्ला समिति चितवन र सालघारी युवा समाजको आयोजनामा माघ १७ र १८ गते हुने प्रतियोगितमा तीन नम्बर प्रदेशका दुई सय ५० खेलाडिको सहभागिता हुन लागेको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर महिला पुरुष छुट्टा छुट्टै १८ विद्यामा प्रतिस्पर्धा हुने जानकारि गराईएको हो ।

चितवनमै पहिलो पटक हुन लागेको प्रतियोगिमाबाट कवर्ड हल निर्माण गर्ने योजना समेत रहेको रेन्बुकाई कराँते संघका प्रमुख लालवहादुर तामाङले वताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार र ट्रफी तथा द्धितिय हुने टिमले नगद ३५ हजार र ट्रफी प्राप्त गर्ने संघकी सचिव सुष्मा श्रेष्ठले बताईन् ।