समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ओम शान्ति एकेडेमीमा प्रशिक्षण

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तरगत सचेतना कार्यक्रम गरेको छ । भरतपुर ७ कटरहर चोकमा रहेका ओम शान्ति एकेडेमीमा युवा रेडक्रस सर्कल ओम शान्ति एकेडेमी तथा जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा सो कार्यक्रम गरिएको हो ।
विद्यार्थी, शिक्षक, अभिभावक, टोलका प्रतिनिधिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्ल, चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला तथा प्रहरी निरीक्षक देवराज शर्माले प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा चितवन प्रहरी प्रमुख मल्लले अभिभावक गैरजिम्मेवार भइदिँदा किशोर अवस्थाका युवायुवती लागुऔषध जस्ता अन्य हिंसात्मक कार्यमा संलग्न हुने बताए ।
प्रहरी र नागरिक मिलेर अगाडि बढे सुखी र समृद्ध घर, समाज, जिल्ला र राष्ट्र बनाउन सकिने मल्लले बताए । विद्यार्थीलाई किताबी ज्ञानले मात्र सभ्य व्यक्ति बनाउन नसकिने हँुदा प्रहरीले सामुदाय कार्यक्रम ल्याएको मल्लले बताए ।
सचेतना कार्यक्रममा प्रवक्ता कोइरालाले छोराछोरीको प्रत्येक मागमा अभिभावकले किन ? कसरी ? कहाँ ? केका लागी ? जस्ता प्रश्न नगरीदिँदा उनीहरु कूलतमा फस्ने बताए । किशोर अवस्थामा सही र गलत छुट्टयाउन सक्ने क्षमताको कमी हुने भएकाले उनीहरुलाई असल बाटोमा ल्याउन परिवार, शिक्षकको ठूलो भूमिका रहने कोइरालाले बताए ।
कार्यक्रममा प्रहरी निरीक्षक शर्माले प्रशिक्षण दिँदै किशोरावस्थामा साथीभाइको करकाप, परिवारको मायाको अभावलगायतका कारण उनीहरु दूव्र्यसनीको शिकार हुने गरेको बताए । दूव्र्यसनीका कारण सामाजिक अपराधका घटनाहरुमा समेत वृद्धि भएको शर्माको भनाइ छ ।