नेपाली भूमि अतिक्रमण विरुद्ध नवलपुरमा प्रदर्शन

नवलपुर : नेपालको सुगौली संन्धिपूर्वदेखिनै स्वामित्वमा रहेको लिम्पियाधुरा लिपुलेकको करिब ३७२.३७ हेक्टर जमिन भारत सरकारद्वारा हालै प्रकाशित आफ्नो राजनैतिक नक्सा जारी गरिएका कार्यका विरुद्ध राष्ट्रीय जनमोर्चा नवलपुरले जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
राजमो जिल्ला अध्यक्ष दिपक पाण्डेको नेतृत्वमा कावासोती पुष्पलाल चोकबाट लिम्पियाधुरा हाम्रो हो, भारतीय सेना कालापानी छोड, भारतीय साम्राज्यवाद मूर्दावाद, अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रिय जनमोर्चा जिन्दाबाद आदि नारा सहित जुलुस प्रदर्शन प्रशासन कार्यालय पुगेको थियो ।
जुलस जिल्ला प्रशासन कार्यालय अगाडि सभामा परिणत भएको थियो । सभालाई राजमो उपाध्यक्ष विकाराम चौधरी, वामपन्थी बुद्धिजिवि देवराज पौडेलले र नेकपा(मसाल)का प्रवक्ता लेखनाथ शर्माले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन राजमो जिल्ला सचिव गिरबहादुर महतराले गर्नु भएको थियो । ज्ञापन पत्र बुझाउँने प्रतिनिधि मण्डलमा राजमो जिल्ला अध्यक्ष दिपक पाण्डे, लेखनाथ पौडेल, विमल शर्मा, चन्द्र सापकोट, गिरबहादुर महतरा, गोपाल गिरी हुनुहुन्थ्यो । ज्ञापन पत्रको पूर्णपाठ यस प्रकार छ ः
सम्माननिय प्रधानमन्त्री ज्यू ,
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
नेपाल सरकार ,सिंहदरवार
काठमांडौ, नेपाल
बोधार्थ :
माननिय मुख्य मन्त्री ज्यू,
मुख्यमन्त्रीको कार्यालय
गण्डकी प्रदेश,पोखरा
मार्पmत :
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय,
नवलपरासी बर्दघाट–सुस्तापूर्व
कावासोती
विषय : ज्ञापन पत्र ।
महोदय ,
उपरोक्त सम्बन्धमा सुगौली संन्धी पुर्वदेखि नै नेपालको स्वामित्वमा रहेको लिम्पियाधुरा लिपुलेकको करिब ३७२.३७ हेक्टर जमिन भारत सरकारद्वारा हालै प्रकाशित आप्mनो राजनैतिक नक्सामा पारेकोले नेपाली जनताद्वारा त्यस प्रकारको अतिक्रमणका विरुद्ध देशव्यापी विरोध प्रदर्शन भइरहेको सर्व विदितै छ । नेपाल भारतको बिचमा रहेको करिव १८ सय कि.मि. सिमा क्षेत्रमा भारत सरकारले करिब १२२ ठाउमा सिमा अतिक्रमण गरेको र हजारौँ होक्टर जमिन कब्जा गरेको तथ्य सिमा विदहरूद्वारा सार्वजनिक गरिएको छ । हजारौँ वर्ष देखीको सामाजिक ,साँस्कृतिक सम्बन्ध रहेको नेपाल भारतका बिचमा भारत सरकारद्वारा पटक पटक गरिने सिमा अतिक्रमण र मिचाहा प्रवृतिले हरेक स्वाभिमानि नेपाली नागरिकमा आक्रोस उत्पन्नहुनु स्वाभाविकै हो ।
१. आज देशमा भारतीय सिमा अतिक्रमणका विरुद्ध राष्ट्रिय एकता र भौगोलिक अखण्डताका पक्षमा जुन अभुतपूर्व राष्ट्रिय एकता देखिएको छ , त्यसप्रति राष्ट्रिय जनमोर्चा हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै यस सम्बन्धमा सर्वदलिय सहमति र सरकारले लिएको अडानलाई हाम्रो पार्टीले दृढताका साथ समर्थन गर्दै यो अवसरलाई भारतले हालसम्म जवर्जस्ती कब्जा गरेको सबै नेपाली भूमि फिर्ता लिनका लागि सदुपयोग गर्न अपिल गर्दछ ।
२. भारतद्वारा सिमा अतिक्रमणमा परेका विभिन्न जिल्ला मध्ये नवलपरासी सुस्तापुर्व र पश्चिम पनि पर्दछन् । सुस्ता त्रिवेणी क्षेत्रको ७ हजार हेक्टर जमिन भारतले कब्जा गरेको छ । २००८ सालको नापी नक्सा अनुसार हालको सिमा नाकाभन्दा करिब ९ कि.पारी रामपुर चेकनाकासम्म नेपालको भूमी पर्दछ । नायरायणी पारी सुस्ता गा. वि. स. नै अतिक्रमणमा परेको छ । र त्यहाँका भूमिपुत्र नेपाली नागरिकहरूलाई विस्थापित गर्ने र भारतीय नागरिकहरूले यहाँकब्जागर्ने काम भइरहेको छ । त्रिवेणी सुस्ताका नेपाली नागरिकहरू माथी भारतीय पक्षद्वारा गरिने अमानविय व्यवहारको घोर भ्रत्र्सनागर्दै उनिहरूको जिउ धनको सुरक्षाको ज्ञारण्टीगर्न नेपाल सरकारसँग माग गर्दर्छौँ ।
३. आप्mना पुर्खाले लडेर जोगाउन सफल भएको वर्तमान नेपालको चारकिल्ला सुरक्षित राख्नु हामी सबै नेपाली नागरिकहरूको परम कर्तव्य हो । यही कर्तव्य बोधका साथ हामी भारत सरकारको हेपाहा र मिचाहा प्रवृत्तिका विरुद्ध जनप्रदर्शन गर्दै नेपाल सरकार, सम्मानिय प्रधानमंन्त्री ज्यूसँग खुट्टा नकमाई तिन करोड नेपाली जनताको एकता र सङ्कल्पलाई साथ लिएर अतिक्रमित नेपाली भूमि फिर्ता ल्याई छाड्न यो अभूतपूर्व राष्ट्रिय एकताको नेतृत्व गर्नकालागी अनुरोध गर्दछौँ । धन्यवाद ।