सुरक्षित पर्यटकीय क्षेत्र बनाउन चितवनमा एसपी मल्ल सक्रिय, सौराहामा यि कुरा नसुधारे कार्वाही (भिडियो)

चितवन : चितवन प्रहरीले सौराहाको सुन्दरतालाई ध्यान दिएर विषेश कार्यक्रम सुरु गरेको छ । पर्यटन वर्ष २०२० लाई लक्ष्ति गर्दै प्रहरीले जथाभावी पार्किङ, ध्वनी प्रदुषण र सडकको छेउमा सेकुवा कर्नर सञ्चालन गर्नेलाई कारबाही अगाडि बढाउने भएको हो ।
प्रहरी प्रमुख सबेन्द्र खनालको पर्यटन बर्ष लक्षित योजना अन्र्तगत पर्यटकीय क्षेत्रमा पर्यटकहरुलाई कुनै अवरोध नहोस् भनि चितवनमा पर्यटकीय क्षेत्र नयाँ रणनिति सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

सौराहामा पछिल्लो मूख्य राजमार्ग अगाडिका होटल तथा रेष्टुरेष्टहरुले सेकुवा कर्नर सञ्चालनले यहाँको विषेशतामा आचँ पुगेको भन्दै प्रहरीले विषेश कार्यक्रम सञ्चालन गरेको हो ।

।। साैराहा यसरी अाउदैछन् महिला चालक ।।

Gepostet von Sauraha online am Dienstag, 19. November 2019

प्रहरीले सौराहाको मूख्य राजमार्ग क्षेत्रमा पार्किङ गरेर राखिने गाडीहरुलाई ह्विल लक गरी जरिवाना लिने बताएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले सौराहालाई व्यवस्थित र मर्यादित बनाउन यी कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो ।
मासु सबैलाई मन पर्छ भन्ने छैन, उहाँले भन्नुभयो, सौराहा अहिले सेकुवा बजारका रुपमा परिणत भएको पाईयो । मासुलाई सडक छेउमा नभई व्यवस्थित भान्छामा पकाएर विक्री गर्नु पर्छ ।
मल्लले सवारी धनीले जथाभावी सवारी पार्किङ गर्नेलाई कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो । उहाँले महँगो मुल्यमा सवारी किन्नेले जथाभावी पार्किङ गर्नु भन्दा सवारी खरिद नगर्नु नै राम्रो हुने टिप्पणी गर्नुभयो ।
चितवन प्रहरीले टाफिकको सहयोगमा सौराहा क्षेत्रमा माईकिङ गर्ने काम सुरु गरिसकको छ । मल्लले कुनै पनि व्यक्ति वा होटलले अटेर गर्नेलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाउने बताउनुभयो ।
त्यस्तै रत्ननगरपालिकाका मेयर नारायण वनले सौराहाको अन्तराष्ट्रिय स्तरमा बदनाम हुने काम व्यवसायीले गर्न नहुनेमा जोड दिनुभयो । उहाँले सौराहाको व्यवसायीले सेकुवाको मासुलाई प्रर्दशन गर्नभन्दा यहाँका हस्तकला, मूर्ती लगायतका वस्तुहरु प्रर्दशन गर्नु पर्ने उल्लेख गर्नुभयो ।