ओली प्रचण्ड राष्ट्रपतिलाई भेट्न जाँदै

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्माओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीपरिषद् परिवर्तनको चर्चासँगै आज बिहान ९ बजे प्र राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाँदै छन् ।

बालुवाटार स्रोतका अनुसार मन्त्रीमण्डल हेरफेरको बारेमा नेकपाका दुई अध्यक्ष राष्ट्रपति भण्डारीलाई भेटन् शीतलनिवास जान लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बसेको मन्त्रीपरिषद् बैठकमा मन्त्रीपरिषद् हेरफेरबारे बहालवाला मन्त्रीहरुलाई जानकारी गराएका थिए ।

उनले मन्त्रीहरुलाई आफूले आज केही निर्णय लिने जानकारी गराउँदै कुनैपनि औपचारिक कार्यक्रम नराख्न आग्रह गरेका थिए ।