भरतपुर वडा १६ को उपनिर्वाचनमा नेकपा उम्मेदवार हमालको पक्षमा जनलहर उर्लियो

चितवन : मंसिर १४ मा हुने उपनिर्वाचनको लागि कास्कीका उमेद्वारहरु प्रचारप्रसारमा होमिएका छन् । जसका कारण चितवनको भरतपुर महानगरको वडा नम्बर १६ मा समेत चुनावी अभियान नेकपा चितवनले तीव्र पारेको छ ।
नेकपा चितवनका जिल्ला अध्यक्ष यमबहादुर परियारको नेतृत्वमा जिल्लाका शिर्ष नेतासगैँ नेकपबाट विजयी भएका सासंद, मेयर र जनप्रतिनिधिहरु समेत चुनावी माहोलमा होमिदै नेकपाको एजेण्डाहरु अघि सारिरहेका छन् । चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रमलाई तिब्रता दिइएको छ ।
वडा नम्बर १६ मा घरदैलो
आसन्न निर्वाचनमा आफ्नो उमेद्वारलाई जिताउन भरतपुर नगरपालिका १६ का नेकपा कार्यकर्ताहरु घरदैलो अभियान संचालन गरिरहेका छन् ।
भरतपुर १६ मा वडा अध्यक्षका उम्मेदवार भक्तराज हमालले आज चुनावी घरदैलो कार्यक्रम अन्र्तगत साविक वडा नंं ५ पुष्पकमल टोल विकाश संस्था र साविक वडा नंं ६ ढडडाघारीमा चुनावी प्रचारप्रसारसगौ आफ्ना एजेण्डा जनताहरु माझमा राखेका थिए ।

सो अवसरमा नेकपा जिल्ला अधयक्ष परियारले वडा १६ मा उर्र्लिएको जनलहरले नै नेकपाको जित सुनिश्चित रहेको दावी गरे ।
घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार हमालले १६ नम्बर वडालाई रत्न बनाउन आफु सधै लागी पर्ने बताए। उनले वडालाई समृद्ध र व्यवस्थित वडा बनाउने योजना र क्षमता आफुसंग भएको बताएका छन् ।