रत्नननगरका महिलालाई च्याउ खेति सम्बन्धी तालिम

रत्ननगर : रत्ननगर नगरपालिका वडा नं ८ र ९ का महिलाहरुलाई मंगलवार च्याउ खेति सम्बन्धी तालिम दिइएको छ । रत्ननगर नगरपालिका कृषि शाखाले आयोजना गरेको कार्यक्रममा दुई वडाका ३० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा कृषि शाखा प्रमुख प्रविन लामा र शाखाका कर्मचारी बासुदेव खनालले च्याउ खेति गर्ने तरिक,विधि र रोगको निधान लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा तालिम लिएका ३० जनालाई नगरपालिकाले च्याउको बीउ समेत वितरण गरेको थियो ।

कार्यक्रममा वडा नं ९ की कार्यबहाक वडाध्यक्ष सरस्वती लामाले महिलाहरुलाई च्याउ खेति तर्फ आर्कषित गराउन कार्यक्रम आयोजना गरिएको बताइन । कार्यक्रम वडा नं ८ का वडाध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको थियो ।