जेसीजहरुको म प्रतिको विश्वासनै मेरो विजयको आधार हो : खनाल

अन्तरवार्ता : नेपाल जेसीजको ४६ औं राष्ट्रीय महाधिवेशन यही पौष ९, १० , ११ र १२ गते चितवनको रत्ननगरमा हु्दैंछ । महाधिवेशन नजिकिदैं गर्दा नेपाल जेसीजको आगामी नेतृत्वका लागि रस्साकस्सी पनि शुरु भएको छ । जेसीजमा एक पद , एक व्यक्ती र एक कार्यकालको आधारमा निर्वाचन हुने गर्दछ । यस अर्थमा आगामी बर्ष  सन्  २०२० को नेतृत्वका लागि यो निर्वाचन हुन लागेको हो । निर्वाचनमा चितवनका युवा अरुणेश्वर खनाल आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा ओर्लिएका छन् । उनलाई जेसीज भित्र नेपाल जेसीजका पुर्व राष्ट्रीय उपाध्यक्ष  सुदिप सिंह अधिकारीले नेतृत्व गरेको समुहको समर्थन छ । पछिल्लो पटक जेसीजमा बलियो समुह मानिने अधिकारीको समुहबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका खनालले पुर्व मेची देखि पश्चिम महाकाली सम्मका अधिकांश जेसीजका शाखाहरुमा पुगी आफ्ना एजेण्डा बारे जानकारी गराएका छन् । सन् २००४ देखि जेसीज अभियानमा लागेका खनाल सन् २०१० मा बीसहजार जेसीज भरतपुर चितवनको शाखा अध्यक्ष , सन् २०१२ मा राष्ट्रीय उपाध्यक्ष , सन् २०१३ मा राष्ट्रीय महासचिव र सन् २०१६ मा राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष भई काम गरिसकेका छन् । पछिल्लो पटक  देश दौडाहा पछि चितवन फर्किएका खनाल संग चुनावी एजेण्डा रणनिति र उनका अनुभवबारे गरिएको कुराकानीको संक्षिप्त अंश :
प्रश्न : नेपाल जेसीजको राष्ट्रीय अध्यक्षका लागि उम्मेदवारी दिनुभएको छ , के छन् तपाईका चुनावी एजेण्डा  ?
उत्तर : राजनितिक दलहरुमा जस्तो जेसीजमा झुटा आश्वासन दिने गरि धेरै चुनावी एजेण्डा हुदैनन् । जेसीजलाई कसरी उयत्कृष्ट बनाउन सकिन्छ र देशभरका जेसीजहरुलाई कसरी सस्थाको उदेश्य अनुरुप अगाडी बढाउन सकिन्छ भन्ने नै मुल बिषय हो । जेसीस्ज मुलत ः व्यक्ती नेतृत्व , व्यक्तीत्व र क्षमता विकास गर्ने एउटा तालिम प्रदायक सस्था हो । मैले आगामी बर्ष जेसीजमा तालिमलाई नै प्रमुख स्थान दिनेछु । तालिम विना कोहि पनि व्यक्ती पर्फेक्ट हुन सक्दलैन यस कारण तालिमलाई नै म मुख्य प्राथमिकता दिनेछु , यसका लागि चारवटै क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान स्थापना गरि जेसीज साथीहरुलाई सहज तवरले तालिम प्रदान गर्ने वातावरण तयार पार्न म लागि पर्नेछु ।
प्रश्न : तपाईले तालिमलाई प्राथमिकता दिन्छु भन्नुभयो , के यस अघि जेसीजमा तालिम हुनथ्ेन र ?
उत्तर : मैले त्यसो भन्न खोजेको होईन , जेसीज आफैमा एउटा तालिम प्रदायक सस्था हो । यो सस्था भित्र तालिम नहुने भन्ने कुरानै भएन । मेरो कार्यकालमा तालिमलाई अझै सर्वसुलभ बनाउने मेरो प्रयास हुनेछ । त्यसका लागि चावटै क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान स्थापना गर्नेछु । यस अघि पनि क्षेत्रगत रुपमा यस्ता तालिम प्रदान गर्ने गरि प्रतिष्ठान स्थापना भएको थियो तर पछिल्लो केहि बर्ष यता त्यो बन्द भएको छ । म त्यसलाइ पुनःस्थापना गरेर जेसीज साथीहरुलाई  सर्वसुलभ तवरले तालिम प्रदान गर्ने कुरामा लाग्नेछु । तालिम लिनकै लागि धेरै खर्च गरेर टाढा जान नपरोस् , आफ्नै क्षेत्रमा सहज तरिकाले तालिमहरु हुन् र यसले जेसीज साथीहरुलाई सहज होस् भन्ने मेरो उदेश्य हो । अर्को कुरा म तालिमलाई तालिमको रुपमा मात्र नभई व्यवपहारिक रुपमा लैजान चाहान्छु । तालिम लिईसकेपछि तालिम लिने मान्छेले त्यसलाई व्यवहारमा उतारोस् भन्ने मेरो चाहाना छ । खाली औपचारिक रुपमा मात्र तालिम नहोस् तालिमले मान्छेको जिवनशैलीमानै परिवर्तन ल्याओस् भन्ने मेरो उदेश्य हो । यसका लागि प्रशिक्षकहरुलाई सोही बमोजिमको कोर्स डिजाईन गर्न लगाई आगामी बर्ष  तालिम प्रदान गर्ने मेरो उदेश्य हो ।
प्रश्न : देशभरि हिड्नु्भयो : जेसीजहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
उत्तर : व्यक्तीगत रुपमा मैले साथीहरुको अपार समर्थन पाएको महसुस गरेको छु ।र साथीहरुले देखाएको प्रेम र सद्भावले म उत्साहित छु  । साथीहरुमा म प्रति एउटा बिश्वास छ , म यो बिश्वासलाई खेर जान नदिने गरि काम गर्नेछु । अरुणेश्वर खनालले गर्न सक्छ र जेसीजमा केहि न केहि परिवर्तन ल्याउछ भन्ने कुरामा साथीहरु बिश्वस्त हुनहुन्छ । यसकारण पनि मैले राम्रो गर्ने  पर्छ , मैले जति पनि आफ्ना एजेण्डाहरु साथीहरुलाई सुनाए त्यसलाई उहाँहरुले समर्थन गर्नुभएको छ । यो नै म बलियो भएको आधार हो । सुाथीहरुको बिश्वास आर्जन गरेको छु । लामो समय जेसीमा काम गरे , म बीसहजार जेसीजको बर्ष २०१० को शाखा अध्यक्ष हो । सन् २००४ देखिनै जेसीजको सदस्यता लिएर निरन्तर १५ बर्ष देखि जेसीज अभियानमा छु । राष्ट्रीय उपाध्यक्ष , राष्ट्रीय महासचिव , राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष भएर काम गरिसकेको छु । त्यसकारण पनि जेसीजलाई अब कसरी लैजाने भन्ने बिषयमा मेरो यो लामो अनुभवको सदुपयोग गर्नेछु र सकारात्मक परिणाम दिने कुरामा लागि पर्ने छु । साथीहरुले यही कुरामा मलाई बिश्वास गर्नुभएको छ । म साथीहरुको यही बिश्वासको जगमा उभिएर विजयी हुने कुरामा बिश्वस्त पनि छु ।
प्रश्न : जेसीजले समाज र देशमा साकारत्मक प्रभाव पार्ने गरि काम गरेको देखिदैन , यस्तो किन भईरहेको छ ?
उत्तर : तपाईले भनेका कुरा केहि हद सम्म सत्य पनि होला , तर पुरै सत्य होईन । हाम्रो ईतिहास हेर्नुहोस् , जेसीज बिधिको शाशनमा बिश्वास गर्छ , मानवताको कार्यलाई आफ्नो आर्दश ठान्छ । हाम्रो आस्था हेर्नुहोस् समाज रुपान्तरणका लागि जेसीजले सबै काम गर्दे आईरहेको छ । निरंकुश र कहालि लाग्दो शाशन व्यवस्था भएका बेलामा पनि जेसीजले आफ्नो द्धिान्त संग कहिल्यै सम्झौता गरेन र आगामी दिनमा पनि गर्ने छैन । हिजो राजाको निरंकुश शाशन व्यवस्था भएको बेला होस् या पंचायती व्यवस्था हुदा होस् जेसीजले बिधिको शाशननै मुलुकका लागि चाहिन्छ भनेर वकालत गरेको छ । तपाईले जेसीजका गतिबिधि आउटडोर रुपमा धेरै देखिएन भन्ने कुरा गर्नुभएको होला , त्यसमा म पनि चिन्तित छु , यदी म राष्ट्रीय अध्यक्ष बन्न सके भने हरेक नागरिकले देख्ने गरि आउटडोर गतिबिधि पनि हुनेछन् । आफ्नो मिसन , भिजन र गोलमा केन्द्रीत रहेर आफ्ना आस्थालाइ शिरोपर गर्दे यस्ता गतिबिधि जेसीजले अब गर्नेछ । जेसीजलाई राष्ट्रको एउटा महत्वपुर्ण सस्थाको रुपमा विकास गर्न म लागि पर्नेछु ।
प्रश्न : तपाई संगै अरुपनि प्रतिष्पर्धामा छन् ? तपाइृ र उनिहरुमा फरक के हो ?
उत्तर : हो म संगै अरु तिन जना साथीहरु पनि प्रतिष्पर्धामा हुनहुन्छ , उहाँहरु जेसीज अभियानकर्मी हो । संगसंगै जेसीज आन्दोलनजमा छौं  । चुनावका बेला एजेण्डाले फरक हुने कुरा हो । नेतचृत्वका हिसावले फरक हुने कुरा हो । मैले देशभरका साथीहरुलाई आफ्ना एजेण्डामा कन्भिन्स गर्न सके भने त्यो नै फरक कुरा हो । मैले पुर्वदेखि पश्चिम सम्म पुग्दा आफ्ना एजेण्डामा साथीहरुलाई कन्भिन्स गर्न सकेको छु जस्तो लाग्छ , यो नै फरक कुरा हो । जेसीजका साथीहरुले एजेण्डा हालेर भोट हाल्छन् । अनुभवी नेतृत्वलाई स्विकार गर्छन् । त्यस कारण मैले म बिचित्रै फरक छु भन्न भन्दा पनि एजेण्डागत रुपमा फरक महसुस गर्ने कुरा हो । यो साथीहरुले महसुस गर्नुभएको छ ।
प्रश्न : जेसीज पनि राजनिति बाट ग्रसित छ भनिन्छ , कुरा के हो ?
उत्तर : हरेक मान्छेको आफ्नो आफ्नै राजनिति आस्था हुन्छ , यो स्वभाविक कुरा हो । मेरो एउटा आस्था छ , तपाईको अर्को आस्था होला । भोट हाल्ने चिन्ह मानिस अनुसार फरक फरक होला । तर जेसीजमा राजनैतिक आस्थाले केहि फरक पार्देन । किनकी यो राजनिति गर्ने थलो नै होईन । यो सिक्ने र सिकाउने थलो हो । त्यसकारण यहा राजनैतिक आस्थाले केहि फरक पार्देन । राजनितिक आस्थाको आधारमा यहा बिभाजन पनि हुदैन । न हिजोका दिनमा त्यस्तो भयो , न भोलिका दिनमा ह्न्छ । जेसीज भित्र राजनिति हुन्छ भनेर जुन हल्ला फिजाईएको छ त्यो विलकुल गलत कुरा हो । यहाँ आफ्नो विवेक प्रयोग गरेर मतदान गरिन्छ । जेसीजले सबैलाई समान रुपले हेर्छ । राजनितिक आस्थाकै आधारमा याहा कुनै बिभेद हुदैन ।
प्रश्न : तपाई बिजय हुने आधारहरु के के हुन् ?
उत्तर : पहिलो कुरा त साथीहरुको म प्रतिको बिश्वास नै म बिवय हुने आधार हो । म यही बिश्वासको जगमा विजय हुने कुरामा अत्यन्तै बिश्वस्त छु । अर्को कुरा मैले Rise to change , Leadership practices for human development भन्ने प्रकरणका साथ मैदानमा आएको छ । परिवर्तनका लागि हामी उठ्नु पर्छ र मानवको चौतर्फी विकासका लागि नेतृत्वले काम गर्नुपर्छ अर्थात् नेतृत्वको अभ्यास त्यो तर्फ केन्द्रित हुनुपर्छ भन्ने मेरो कुरा हो । किनकी नेताका कुरालाई धेरैले फलो गर्छन् । त्यसैले नेतृत्वले गर्ने अभ्यास अनुकरणीय हुनुपर्छ भन्ने हो । । साथीहरुले यसलाई पराईदिएका छन् । यो नै बिजयको अधार हो । अर्को कुरा राज्यका बिभिन्न अङ्गहरु संग समन्न्वय गरि देशभर जेसीजवादको विकास गर्नका लागि म लागि पर्नेछु । परम्परागत नभई व्यवहारिक तालिम र तालिमलाई सिपमा परिवर्तन गराउन मेरो प्रयत्न हुनेछ । यो संगै प्रशिक्षित नेतृत्वको उत्पादन र खारिएको नेतृत्व समाजलाई हस्तान्तरण गर्न एक बर्ष भरि म क्रियाशिल हुनेछु । बिधिको शासन र लोकतान्त्रिक पद्धतिको कार्यान्वयनका लागि निरन्तर खबरदारी गर्दे राज्यलाइृ जिममेवार बनाउन  हाम्रा कार्यक्रम केन्द्रित हुनेछन् ।

मानव सेवाको लागि युवाहरुलाई अभिप्रेरित गर्र्दै उनिहरुमा सकारात्मक सोचको विकास गर्ने नेपाल जेसीजको हरेक क्रियाकलापहरुलाई समयानुकुल परिवर्तन गर्र्दैे त्यसलाई परिणाममुखी बनाउने , जेसीज अभियानलाई प्रभावकारी बनाउदै नेपाल जेसीजलाई राज्यको एक महत्वपुर्ण सस्थाको रुपमा विकास गर्न लागि पर्ने लगायत मेरा प्रमुख एजेण्डा हुन् । यसका अलावा  राज्यको नीति निर्माण तहमा जेसीज नेतृत्वको उपस्थिति गराउदै राज्यका महत्वपुर्ण अङ्गहरुमा जेसीज स्कुलिङ्गको नेतृत्व स्थापित गर्नका लागि म लागि पर्ने छु । यो संगै देशभरका युवाहरु बिच भाईचारा सम्बन्ध स्थापित गर्दै राष्ट्र निर्माणमा युवाहरुलाई समाहित गर्नप्रेरित गर्ने जेसीजका अबसरका क्षेत्रहरु व्यक्तिगत , व्यवसायिक , सामुदायिक र अन्तराष्ट्रिय क्षेत्रहरुको व्यवहारिक रुपमा  अभ्यास गर्न कार्यक्रमहरु तय गर्नेै प्रतिबद्धता मैले साथीहरुका बिचमा गरेको छु ।र मलाई लाग्छ यो नै म विजय हुने आधार हो । मलाई बिव्वास छ , जेसीज साथीहरुले यो पटक पक्कै म माथी न्याय गनेछन् ।