बोलेरो र मोटरसाईकल ठोकिदा एकको मृत्यु

चितवन : चितवनमा आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बिहान २ :३० बजे ईच्छाकामना गाउँपालिका – ६ जलविरे स्थित नारायणगढबाट मुग्लिन जादैँ गरेको बा १० च ४४१३ नं को बोलेरो र विपरीत दिशा तर्फ आउदैँ गरेको बा ६६ प २९६५ नंको मोटरसाईकल एक आपसमा ठक्क्र खादा भरतपुर महानगरपालिका–६ बस्ने वर्ष ३० का रोसन सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सापकोटाको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा ३।१८ बजे मृत्यु भएको हो । बोलेरो ईलाका प्रहरी कार्यलय मुग्लिनको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ ।