नेपाल नेशनल हस्पिटलकाे नयाँ काईदा : विरामी लुट्न एम्बुलेन्स चालकलाई पार्टी !

चितवन : विरामीलाई विभिन्न वहानामा ठग्दै आएका अस्पतालले एम्बुलेन्स चलाकहरुलाई पनि विभिन्न प्रलोभनमा पारेर विरामी ठंग्ने प्रयास गरेको भेटिएको छ । चितवनको भरतपुरमा काठमाडौंमा रहेको नेपाल नेशनल हस्पिटलले चितवनका एम्बुलेन्स चालकहरुलाई प्रलोभनमा पार्ने प्रयास गरेको हो । आज भरतपुर १० सप्तगण्डकी रोडमा रहेको एक होटलमा ३५ बढि एम्बुलेन्स चालकहरुलाई हस्पिटलले विहानको खाना संगै अस्पतालको नाम लेखिएको चालकले लगाउने ट्राफिक ज्याकेट समेत वितरण गरेका छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख दान बहादुर मल्लका अनुसार काठमाडौंको कंलकि चोकमा रहेको नेपाल नेशनल हस्पिटलबाट आएका मानिसहरुले विरमी आफ्नो अस्पताल ल्यादिनका लागि भेला राखिएको बताउनु भयो ।उहाँका अनुसार एक विरामी बराबर सात हजार रुपैया चालकलाई कमिसन दिने संगै अस्पतलाले चलाकलाई विभिन्न सहयोग गर्ने सहमती गर्नको लागि अस्पतालको टिम चितवन आएको बताउनु भयो । गोप्य रुपमा एम्बुलेन्स चालकहरुलाई प्रलोभनमा पार्ने काम हुदै छ भन्ने जानकारी आफुहरुलाई ढिला गरी प्रप्ता हुदा नियन्त्रमा भने लिन नसकिएको उहाले बताउनुभएको छ । भेलाको आयोजना भने चितवन एम्बुलेन्स चालक समितिको सहकार्यमा भएको थियो । तर संघ भने कुनै भोजभत्तेर नभएर अन्तरक्रिया कार्यक्रम भएको बताउछ । चितवन एम्बुलेन्स चालक समितिका सचिव सुवास तमाङ्गले ट्रफिक नियमका बारेमा बहस गर्ने उद्धेश्यले चालकहरु भेला भएको बताउनु भयो ।संयुक्त एम्वुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछाने भने आफुहरु यस विषयमा अनविज्ञ रहेको बताउनु हुन्छ । उहाँका अनुसार अस्पतालले भेट्घाट कार्यक्रम भनेर बोलाए पनि विरामी माथि अस्पतालले दलाली गर्ने काम गरेको हुन सक्ने उहाँको अनुमानछ । तर अस्पताल भने यस विषयमा बोल्न मानेको छैन ।