लायन्स क्लब ईन्टरनेशनल ३२५ बी टुको दोस्रो क्याबिनेट बैठक गैँडाकोटमा

चितवन । लायन्स क्लब ईन्टनेशनल ३२५ बी टु नेपालको दोस्रो क्याबिनेट बैठक कात्तिक ३० गते नवलपुरको गैँडाकोटमा हुने भएको छ ।
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी टुले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै सो क्याबिनेट बैठकमा दुई हजार लायन्स सदस्यहरु सहभागी हुने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा एरिया चिफ कोअर्डिनेटर प्रकाशचन्द्र भट्टराईले वर्षमा चार वटा क्याबिनेट बैठक हुने जानकारी दिँदै यस बैठक महत्वपूर्ण हुने बताए ।
लायन्स क्लव ईन्टरनेशनल विश्वभरीको करीब २१० भन्दा बढी देशमा फैलिएर रहेको सबैभन्दा ठुलो सामाजिक संस्था हो । अहिले विश्वमा करीब १४ लाख ५० हजार मानिसहरु लायन्स क्लवका सदस्यहरु रहेका छन् भने नेपालमा मात्रै ३३ हजार भन्दा बढी सदस्यहरु रहेका भट्टराईले बताए । नेपालमा जम्मा चारवटा डिष्ट्रिकहरु रहेकामा गैँडाकोटमा हुन लागेको दोस्रो क्याबिनेट बैठक डिष्ट्रिक ३२५ बि टु को भएको भट्टराईले बताए ।
३० गते हुने दोस्रो बैठकमा लायन्स क्लबहरुले समाजमा गरेका विभिन्न सामाजिक कामहरुको अनुमोदन तथा मूल्यांकन गरी क्लबका अध्यक्ष, पदाधिकारीलाई सम्मान लायन्स क्लब ईन्टरनेशनल ३२५ बी टु का द्वितीय भाइस गभर्नर रामप्रसाद भट्टले बताए । यस बैठकले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि समेत कार्ययोजना निर्माण गर्ने भट्टले बताए ।
कार्यसम्पादन गर्न सजिलो बनाउने लक्ष्यले लायन्सको यस डिष्ट्रिकलाई सातवटा क्षेत्रमा विभाजन गरिएको छ ।