मिर्गौला किनबेच प्रकरण : निदानका प्रमुख कार्यकारी अधिकृतसहित पाँचजना जेल चलान

काठमाडौं :  नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका सिईओसहित ५ जना जेल चलान भएका छन्। जिल्ला अदालत ललितपुरले उनीहरुलाई पुर्पक्षका थुनामा पठाउन आदेश दिएको हो। थुनामा जानेहरुमा अस्पतालका सीईओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डा। राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आले रहेका छन्। थुनामा गएका ४ जना प्रत्यारोपणका लागि सिफारिस समितिमा थिए। यो प्रकरणमा विचौलिया अझै फरार छन्। उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेपछि मिर्गौला किनबेचको खुलासा भएको थियो। आफन्त नपर्ने अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीले अस्पतालका सीईओ विपेन्द्र प्रधान लगायतलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा प्रधानसहित अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आले थिए। अस्पतालले एक व्यक्तिको नाममा अर्कैको मृगौला झिकी ३ लाखमा किनबेच तथा प्रत्यारोपण गराएको बुझिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रवक्ता एवं प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिएका थिए। अस्पतालले आफन्त नपर्ने व्यक्तिलाई आफन्तको नक्कली प्रमाणपत्र बनाएर मृगौला किनबेच गरेको आरोप लागेपछि उनीहरुलाई पक्राउ गरेर मुद्दा चलाएको थियो। काठमाडौंमै