बटुक दल गणको विपद व्यवस्थापन प्रयोगात्मक तथा व्यवहारिक तालिम सकियो (फोटोफिचर)

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा रहेको बटुकदल गणले आयोजना गरेको तीन दिने त बिपद ब्यवस्थापन पूर्व तयारी तालिम तथा प्रकृति संरक्षण सम्बन्धि सचेतना कार्यक्रम विभिन्न सैदान्तिक एवं प्रयोगात्मक प्रस्तुति सहित सकिएको छ ।
प्रस्तुतिकरणमा क्रममा बाढीमा बिपदमा परेको समयमा कसरी उद्धार गर्ने भन्ने बिषयमा प्रयोगात्मक अभ्यास गरिएको थियो । स्थानीय स्तरमा पाईने घरेलु सामाग्रीहरुको प्रयोग गरि ईम्प्रोभाईज्ड रुपमा बिपद ब्यवस्थापनका सामाग्रीहरु बनाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने सम्बन्धमा प्रत्यक्ष रुपमा राप्ती नदीमा प्रयोगात्मक तथा ब्यवहारिक प्रस्तुती प्रदर्शन गरिएको गणका प्रमुख अरुण श्रेष्ठले जानकारी दिनुभयो ।

उहांँका अनुसार प्रकृति संरक्षण सम्बन्धि सचेतनामुलक नाटक प्रदर्शन गर्नुको साथै निकुञ्जको संरक्षण कार्यमा प्रयोग हुदै आएको कुकुर र ड्रोनको समेत प्रयोगात्मक प्रस्तुतिकरण गरिएको थियो । सो प्रदर्शनमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी शरद ढकाल, ।निर्देशनालयका प्रमुख सेनानी सन्तोष कुमार थापा, प्रकृति संरक्षण शिक्षालयका निमित्त शिक्षाधिकृत प्रमुख सेनानी चक्र बहादुर शाह, बटुकदल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठ लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । सहभागी शिक्षार्थीहरुलाई निर्देशक ढकालले सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नु भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । यस तालिम उपलब्धीमुलक एवं फलदायी हुने उहांँले विश्वास व्यक्त गर्नुभयो ।

हेरौँ कार्यक्रम बारेमा सेनाको पुरा विवरण : 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय युवा तथा रापती नदी तटिय क्षेत्रमा बसोबास गर्ने भरतपुर म.न.पा.२२, २३, २४, २७ र २८ का स्थानीयबासीहरु ५५ जनालाई सहभागी गराई बटुकदल  गणले मिति २०७६/०७/२४ गतेबाट ऐ. २६ गतेसम्म संचालन गरेको ३ दिने बिपद व्यबस्थापन  पूर्व तयारी  तालिम तथा  प्रकृति संरक्षण सम्बन्धि  सचेतना मुलक  कार्यक्रम बटुकदल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठले मिति २०७६/०७/२४ गते भरतपुर म.न.पा.२३ स्थित भुतपुर्व सैनिक समितिको भवनमा एक कार्यककमा बिच शुभारम्भ  गर्नु भएको थियो ।

तालिमको शुरुको दिनमा रापती नदी तटिय क्षेत्रमा रहेका स्थानीयबासीहरु करिव 55 जना शिक्षार्थीहरुलाई बिपद ब्यवस्थापन क्षति न्युनिकरण, बिपद् ब्यवस्थापनमा नेपाली सेनाको भुमिका, बिपदको समयमा कसरी जोगिने र उद्धार कार्यमा परिचालन हुने भन्ने बिषय लगायत बिबिध बिषयमा केन्द्रित भइ बटुकदल गणका सह सेनानी प्रदिप थापाबाट कक्षा संचालन गरिएको थियो । उक्त तालिमको शुरुवातमा बटुकदल गणका गणति प्रमुख सेनानी अरुण श्रेष्ठले कार्यक्रमलाई सम्वोधन गर्दै उक्त वडाका बस्तीहरु नदी तटिय क्षेत्रमा अवस्थित रहेको हुंदा सो स्थानहरुमा बर्षाको समयमा रापती नदी बढ्न गई डुवान, कटान तथा बाढी जस्ता प्राकृतिक बिपद घट्न सक्ने बढी संभावना रहेको हुंदा उक्त बिपदलाई न्युनिकरण तथा बिपद परेमा स्थानीय स्तरमै उपलब्ध हुने सामाग्रीहरुको प्रयोग गरि बिपदबाट के कसरी बच्न सकिन्छ भन्ने बिषयमा ज्ञान हासिल गराउन र बिपद्को लागि पुर्व तयारी गर्न साथै प्रकृतिको संरक्षण र निकुञ्जमा पाईने बन्यजन्तुहरुबाट हुनसक्ने भौतिक तथा मानवीय क्षति न्युनिकरण गरि दुर्लभ बन्यजन्तुको सुरक्षा कसरी गर्ने भन्ने सम्बन्धि समेत ब्यवहारिक ज्ञान प्रदान गर्न ३ दिने बिपद ब्यवस्थापन पुर्व तयारी तालिम तथा प्रकृति संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गरिएको हो भनि बताउनु भएको ।

त्यसै गरी उक्त तालिमको दोश्रो दिन बटुकदल गणका सेनानी बालचन्द्र अधिकारीले प्रकृति संरक्षण सम्बन्धी कक्षा संचालन गर्नु भएको थियो । उक्त कक्षामा प्रकृति तथा बन्यजन्तुको महत्वका साथै प्रकृति तथा बन्यजन्तु संरक्षण कार्य सम्बन्धि जानकारी गराई जनस्तरमा सचेतना बृद्धि गरिएको थियो। निकुञ्ज क्षेत्रभित्र निषेध गरिएका कार्यहरु सम्बन्धि जानकारी गराउनुको साथै हाल यस निकुञ्जमा पाईने एकसिंघे गैडा, पाटे बाघ तथा हात्ती लगायत अन्य बन्यजन्तुहरुको संरक्षण तथा मानवीय क्षति हुनबाट कसरी बच्ने भन्ने सम्बन्धमा समेत कक्षा संचालन गरिएको थियो । यसै गरि स्थानीय स्तरमा पाईने घरेलु सामाग्रीहरुको प्रयोग गरि बिपद ब्यवस्थापनका सामाग्रीहरु ईम्प्रोभाईज्ड लाइफ ज्याकेट, ईम्प्रोभाईज्ड राफ्ट लगायत अन्य बिबिध सामाग्रीहरुका साथै उद्धार कार्यमा प्रयोग गरिने मण्डी, लुगा, कार्पेट, डोको लगायत अन्य घरेलु सामाग्रीहरुबाट निर्माण गर्न सकिने ईम्प्रोभाईज्ड स्ट्रेचर देखाउनुको साथै बनाउन सिकाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने सम्बन्धमा प्रयोगात्मक तथा ब्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

उक्त तालिमको आज अन्तिम दिन मिति २०७६/०७/२६ गतेको ११०० बजेबाट बिपद ब्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धि नाटक, बिभिन्न ब्यवहारिक तथा प्रयोगात्मक प्रस्तुतिकरणहरु संचालन भएको थियो । उक्त डेमोष्ट्रेसनको क्रममा बाढिमा बिपदमा परेको समयमा कसरी उद्धार गर्ने भन्ने बिषयमा स्थानीय स्तरमा पाईने घरेलु सामाग्रीहरुको प्रयोग गरि ईम्प्रोभाईज्ड रुपमा बिपद ब्यवस्थापनका सामाग्रीहरु बनाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने सम्बन्धमा प्रत्यक्ष रुपमा रापती नदीमा प्रयोगात्मक तथा ब्यवहारिक डेमोष्ट्रेसनहरु प्रदर्शन गरिएको थियो । त्यसै गरि प्रकृति संरक्षण सम्बन्धि सचेतनामुलक नाटक प्रदर्शन गर्नुको साथै निकुञ्जको संरक्षण कार्यमा प्रयोग हुदै आएको डग र ड्रोनको समेत प्रयोगात्मक ब्यवहारिक प्रस्तुतिकरण गरिएको थियो । आज भएको उक्त डेमोष्ट्रेसन कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी शरद ढकाल, ऐ.निर्देशनालयका प्रमुख सेनानी सन्तोष कुमार थापा, प्रकृति संरक्षण शिक्षालयका निमित्त शिक्षाधिकृत प्रमुख सेनानी चक्र बहादुर शाह, बटुकदल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठ, स्थानीय महानुभावहरु, तालिमे शिक्षार्थी सहित गरि करिव 115 जनाको उपस्थित रहेको थियो । उपस्थित तालिमे शिक्षार्थीहरुलाई रा.नि.तथा ब.ज.आ.नि.का निर्देशकज्युबाट यस तालिमलाई सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नु भएकोमा धन्यवाद दिनु हुदै तालिममा धेरै भन्दा धेरै कुराहरु सिक्नु भएको छ भन्ने अपेक्षा लिई तपाइहरुको लागी यस तालिम फलदायी रहनेछ भनि बताउनु भएको ।

कार्यक्रमको अन्तमा मिति २०७६/०७/२६ गतेको 1400 बजे बटुकदल गणका जेष्ठ सेनानी बल बहादुर गाहा मगरले डेमोष्ट्रेसन स्थल रापती नदी किनारमा एक कार्यक्रमका बिच उपस्थित सम्पुर्ण महानुभावहरुलाई सम्वोधन गर्नु भई तालिमको औपचारिक रुपमा अन्तिम प्रवचन गर्नु भएको ।