सोमश्वरगढी ढुङ्गे मूर्तीको खुल्ला संग्राहलय बन्दै (फोटोफिचर)

चितवन : धार्मिक, ऐतिहासिक तथा पर्यटकिय महत्वको माडीको सामेश्वरगढी क्षेत्रमा राष्ट्रिय प्रस्तर मुर्तिकला कार्यशाला अन्र्तगत मुर्ति निर्माण कार्य जारी रहेको छ ।
माडी नगरपालिका र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा कात्तिक २२ गतेदेखी माडीमा कार्यशाला सुरु भएको होे । मुर्ति कर्याशालामा देशकै ख्याती प्राप्त मूर्तीकारहरुद्धारा परम्परगत, धार्मिक, आधुनिक र समसामयिक गरी झण्डै ५० वटा मुर्ति निर्माण गरिने छ ।
अहिले स्थानीय मुर्तिकार दिनेश्वर महत्तो समेत गरी ३० मुर्तिकारहरुले आफ्नो शिल्प प्रयोग गरी आबसीय रुपमा गढीमा मुर्ति कुदी रहेका छन् । कार्यशालाको उद्देश्य र महत्वबारे बोल्नुहुदैँ माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालले माडीको सोमेश्वरगढी ढुङगे मुर्तिको खुल्ला संग्राहलय बन्दै गरेको बताउनुभयो ।
नगर प्रमुख ढकालले भन्न्ुाभयो “प्रदेश सरकारको समेत चासो र लगानी रहेको सोमेश्वरगढी चितवनको मात्र नभई देशमै छुट्टै पर्यटकिय गन्त्व्यको रुपमा बिकास हुनेमा हामी नगरबासी मात्र होइनौँ स्वयम् कार्यशालामा सहभागी कलाकारहरु पनि बिस्वस्त हुनुहुन्छ” ।
सोमश्वरगढी माडी पर्यटनको मेरुदण्ड रहेकाले यहाँ जारी मुर्तिकला कार्यशालाले पर्यटन विकास र प्रर्बद्धनमा इट्टा थप्ने काम गरेको उहाँको भनाई थियो । यता, सोमेश्वरगढीका चट्टानमा निर्माण गरीने मुर्तिहरु माडीको इतिहास र पहिचान लिएर बषौँबर्ष डटीरहेने माडी ५ वडाध्यक्ष रामबन्धु पोख्रेलले बताउनुभयो । नेपाल सरकारले भ्रमण बर्ष २०२० को सय गन्त्व्यमा समावेश गरेको सोमेश्वरगढीले उक्त निर्णयलाई न्याय गर्ने उहाँको ठहर छ ।
अहिले गढी परिसरमा अन्य भौतिक निर्माणका कार्य समेत जारी रहेका छन् । कार्यशालमा माडीका मुर्तिकार महत्तोसँगै राजु पिठाकोटे, लक्ष्मण भुजेल,गंगाधर सारु,इन्दिरा श्रेष्ठ, राजन काफ्ले, उत्तम डंगोल, हरिराम अधिकारी, राम चन्द्र पण्डित, हरिराम अधिकारी, हिम्मत नेम्वाङ,देवेन्द्र पाण्डे, सुनिता राणा, सुमन राई, भिम श्रेष्ठलगायत प्रतिष्ठानमा आबद्ध ३० जना मुर्तिकारहरुको सहभागीता रहेको छ ।
१८ दिन सम्म कलाकारहरुले त्यस स्थानमा मुर्ति कुद्ने छन् । सुन्दर नगरी माडीमा वैकुण्ठ ताल, वाल्मिकी आश्रम, परशुशराम कुण्ड, शनि मन्दिर, गोद्धकलगायत धार्मिक तथा पर्यटकिय महत्वका गन्तव्यहरु छन् ।