आज नेकपाको सचिवालय बैठक बस्दै,मन्त्रि परिवर्तनका विषयमा छलफल हुने

काठमाडौं :  प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । मन्त्रिपरिषद्का सदस्य परिवर्तनका विषयमा छलफल गर्न आज बिहान ९ बजे सचिवालय बैठक बोलाइएको हो ।
आईतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुबीच आइतबार भेटवार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् फेरबदललगायतका विभिन्न विषयमा छलफल भएको बुझिएको छ ।

दुई अध्यक्षबीचको भेटवार्तापछि सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का सबै सदस्य परिवर्तन गर्ने प्रस्ताव गर्ने स्रोतले जनाएको छ ।

ओलीले आइतबार प्रचण्डसँगको भेटमा मन्त्रिपरिषद्का सबै सदस्य परिवर्तनको प्रस्ताव गरेका थिए । तर प्रचण्डले भने एकै पटक भन्दा पनि केही समयको ग्यापमा मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्न सुझाव दिएका स्रोतको भनाइ छ ।

सचिवालयका बहुमत सदस्य पनि एकैसाथ सबै मन्त्री परिवर्तनको विपक्षमा रहेका छन् । त्यसैले आज सोमबार बिहान बस्ने बैठकका आधारमा मन्त्रिपरिषद् परिवर्तन गर्ने विषयमा ठोस निर्णय हुने ती सचिवालय सदस्यले जानकारी दिए ।

यसअघि ओलीले कार्यक्षमताका आधारमा ५÷६ जना मन्त्री परिवर्तन गर्ने तयारी गरेका थिए ।

सचिवालय सदस्यलाई भने भारतसँगको सीमा विवाद, उपनिर्वाचन र पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिइएको एक सचिवालय सदस्यले नागरिकखबरलाई बताएका छन् ।