‘अर्चना’ शोककाव्यको विमोचन

गुञ्जनगर :  साहित्यकार भगवती अर्याल पाण्डेको शोक काव्य ‘अर्चना’ को शनिबार विमोजन गरिएको छ । साहित्यकार पाण्डेले स्वर्गिय आमा कृष्णमाँया अर्यालको शोकमा लेखिएको उक्त काव्यलाइ स्वर्गिय आमा स्व.कृष्णमाँया अर्यालको प्रथम र्वािर्षकोत्सवको अवसर पारेर विमोचन गरिएको हो । अर्याल निवास गुजनगर मा भएको सो विमोचन कार्यक्रमका प्रमुख अतिथि चितवनका अग्रज साहित्यकार केदारनाथ खनाल रहनुभएको थियो सो अवसरमा बोल्दै प्रमुख अतिथि खनालले आमा नहुदाँको पिडा असहनिय हुने बताउदै आमाको शोकमा लेखिएको उक्त काव्यलाइ शुभकामना दिनुभएको थियो । त्यसैगरि कवि इश्वरीराज निर्दोषी, तुल्सिराम पाण्डे, सिता पेोडेल तथा अलका पाण्डेले आमाको मर्म स्पर्सि कविता वाचन गरेका थिए । भजन गायक का परसुराम पाण्डे सहित सङ्गितकारहरु श्री हरि कन्डेल ,विनोद थापाले आमाको सम्झनामा केन्द्रित मर्म स्पर्सि संगित प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार रमेश शुभेच्छुकले आमा बुवाको माया अमर हुने भएकोले सहित्यकार भगवती अर्याल पाण्डेले आमा प्रति देखाएको मातृभावनाको कदर गर्दै शोक काब्यमा भएका केहि कमि कमजोरीलाइ उठान गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथी कवि गोर्खेसाइलोले नारी स्रष्टाको हातबाट काव्य निस्केकोमा खुशि व्यक्त गर्दै मातृ भावनाबाट ओतप्रोत उक्त काव्यको शब्द शब्दले आफुलाइ छोएको कुरा व्यक्त गर्नु भयो । कार्यक्रममा बेदनिधि अर्याल, भानुभक्त अर्याल लगायतले शुभकामन मन्तव्यका साथै चित्रवन साहित्य संगमका अध्यक्ष विष्णु ढकालले धन्यवाद ज्ञापन गरनु भएको थियो । तनहुको भिमाद नगरपालिका वडा नं. ६ राङरूङ्ग चारघरेमा आमा स्व.कृष्णमाँया अर्याल र पिता बोधराज अर्यालको कोखबाट जन्मनु भएकि पान्डे हाल भरतपुर १८ का वासिन्दा हुनुन्छ । साहित्यकार पाण्डेले आमाको मृत्यु पश्चात शोक काव्य लेख्नु भएको हो । उक्त शोक काव्यको प्रकाशन शब्दार्थ प्रकाशनले गरेको छ ।लआमा नहुदाँको पिडा असहनिय हुने बताउदै आमाको शोकमा लेखिएको उक्त काव्यलाइ शुभकामना दिनुभएको थियो । त्यसैगरि कवि इश्वरीराज निर्दोषी, तुल्सिराम पाण्डे, सिता पेोडेल तथा अलका पाण्डेले आमाको मर्म स्पर्सि कविता वाचन गरेका थिय । भजन गायक का परसुराम पाण्डे सहित सङ्गितकारहरु श्री हरि कन्डेल ,विनोद थापाले आमाको सम्झनामा केन्द्रित मर्म स्पर्सि संगित प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार रमेश शुभेच्छुकले आमा बुवाको माया अमर हुने भएकोले सहित्यकार भगवती अर्याल पाण्डेले आमा प्रति देखाएको मातृभावनाको कदर गर्दै शोक काब्यमा भएका केहि कमि कमजोरीलाइ उठान गर्नुभयो । कार्यक्रमा नारी साहित्य समाज नवलपरासीकी अध्यक्ष कृष्णा देवी शर्माको अध्यक्षाता सम्पन्न भएको थियो ।चित्रवन सहित्य संगम र नारी सहित्य समाज चितवनको आयोजनामा सम्पन भएको थियो