एनआरएनए मध्यपूर्व संयोजक प्रविन गुरुङ आफ्नै गाउँमा सम्मानित (फोटोफिचर)

चितवन : गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व संयोजक प्रविन गुरुङ आफ्नै जन्मथलो पश्चिम चितवनको गुञ्जनगरमा सम्मानित भएका छन् । सफल युवा व्यवसायीका रुपमा कतारमा स्थापित गुरुङले आफ्नो पहिचानसगैँ गाउको पहिचान समेत बढाएको भन्दै स्थानियवासीले भव्य कार्यक्रमका विच सम्मानित गरेका हुन् । उनलाई भरतपुर महानगर वडा नम्बर १८ का वडा अध्यक्ष दिपक लामा, जयवुद्ध टोल विकास संस्थाका अध्यक्ष आशराम पाख्रीनसहित गाँउवासी बृहत सास्कृति कार्यक्रमको अवसर पारेर सम्मानपत्र र खादा लगाएर सम्मानित गरिएको थियो ।
पृथक सोच र भिन्न पहिचानका साथ गुरुङको छोरो भएर पल्टनदेखि युवा सफल व्यवसायी हुदै एनआरएनएको मध्यपूर्व संयोजकसम्म सर्वसहमत निर्वाचित भई थप उचाई बनाएकोमा वडा अध्यक्ष लामा प्रशंसा गरेका थिए । साथै उनले प्रविन विगत भन्दा फरकशैलीका साथ आफ्नो सामाजिक छविलाई थप उचाई पुराउन शुभकामना समेत दिए ।
सो अवसरमा बोल्दै संयोजक गुरुङले गाउँवासीबाट पाएको सम्मानलाई थप उचाईमा पुराउदै सामाजिक सेवामा थप सक्रिय बन्ने प्रतिवद्धता जनाए । छिटै रचनात्मक नयाँ खालको कार्यक्रम ल्याउने बताए ।

हाईवे नेटर्वक नेपाल, आर ब्बवाईज र जयुबुद्ध टोल विकास संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कार्यक्रम संयोजक प्रदिप लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बुगीबगीका टप ४ डान्सर प्रविन भुजेलले आफ्नो धमकेदार प्रस्तुतीले सबैलाई चकित बनाएका थिए । कार्यक्रममा विभिन्न सास्कृति नाच र लाईभ म्यूजिक प्रस्तुती गरिएको थियो । कार्यक्रममा वडा सचिव रामकृष्ण ढकाल, पत्रकार राजेन्द्र आचार्य, प्रहरी असई राम यादव, दिपेन्द्रकुमार श्रेष्ठ, शान्ती गुरुग, रेना गुरुगं लगायतका अतिथिहरु रहेका थिए ।

भरतपुर महानगरपालिका गुन्जनगरका गुरुङ विगत सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उनी कतारको सफल व्यवसायीको रुपमा परिचित छन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहदै कतारका धेरै क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेका उनले खाडीका नेपालीहरुलाई एकवद्ध बनाएका छन् । गुरुङले सन् २०११ सालमा एनआरएनए कतारको पञ्जिंकृत सदस्यता लिएका थिए । उनी एनआरएनए कतारको २०१५–२०१७ को कार्यकालका लागि निर्विरोध निर्वाचित द्धितिय उपाध्यक्ष हुन् । उनले २२ वटा बढी कम्पनी कतारमा संचालन गरिरहेका छन् । उनी सन् २००४ मा कामदारको रुपमा कतार आएका थिए ।
भारतको कश्मिर राज्यको रजौराबाट मध्यरातमा एक सैनिक क्याम्प छोडेर भागेपछि १४ वर्षसम्म ‘गोर्खा पल्टन’ भनेर चिनिएका भारतीय सेनाका यी जवान त्यसै वर्ष कतार पुगेका थिए । त्यसको मुख्य कारण थियो, कतारस्थित अमेरिकी सैनिक क्याम्पको सुरक्षा गर्नु । यो सुरक्षा गार्ड पनि उनको विगत भइसक्यो। अहिले उनी कतारका नामी व्यवसायीको रुपमा परिचय बनाउन सफल भएका छन् । सामान्य कामदारमा आएका उनको मेहनत र लगनशिलता नै सफलताका खुट्कीलाहरु रहेको बताउछन् । विभिन्न जटिल अवस्थाको सामना गदै आज यहाँ सम्म आईपुगेको उनी बताउछन् । उनले कतारमा सम्सरा थकाली भान्साघर संचालन गरेर नेपाल र कतारलाई जोडेका थिए । अहिले उनले ग्रिन ग्रास ट्रेडिङ्ग एण्ड कन्ट्रयाकटिङ, ह्वाईट कार्पेट क्लिनिङ्ग एण्ड हस्पिटालिटी र ह्वाईट मुन क्लिनिङ्ग एण्ड हस्पिटालिटी, ब्लु माउन्टेन क्लिनिङ्ग एण्ड कन्ट्रयाकटिङ, दोहा फरईभर क्लिनिङ्ग एण्ड कन्ट्रयाकटिङ, भिक्टर एण्ड भ्यालेन्टिनो टे«डिङ्ग एण्ड कन्ट्रयाकटिङ, भिक्टर क्लिनिङ्ग, गुरुङ क्लिनिङ्ग एण्ड हस्पिटालिटी, उईन्टर टे«डिङ्ग एण्ड कन्ट्रयाकटिङलगायतका कम्पनीहरु सन्चालन गरी नेपाली तथा विदेशीहरुलाई रोजगारीको अवसर दिइरहेका छन्, भने पाँच महिना अगाडि मात्रै कतारमा दोहोरी साँझ खोल्ने पहिलो नेपाली बन्न सफल हुन् । यसअघि नेपाल आईडलको ग्रयाण्ड फाईनल र भ्वाईस अफ नेपालको ग्राण्ड फिनाले आयोजना गरे र इतिहार रच्न सफल छन् ।