सिन्धुलीगढीमा राष्ट्रिय युद्ध संग्रहालय निमार्ण हुँदै

बलवीर भुजेल, सिन्धुली : नेपाली वीरताको जिउँदो इतिहास वर्तमान नेपालको प्रेरणदायी भूमिको रुपमा रहेको सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण गरिने भएको छ । सिन्धुलीगढी युद्ध संग्रहालयकोे शिलान्यास उपप्रधान तथा रक्षामन्त्रीले ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।

कार्तिक २४ गते सिन्धुलीगढीको २५२औँ विजय उत्सवको अवसरमा युद्ध संग्रहालयको शिलान्यास गरिने छ । अत्याधुनिक हातहतियारसहित नेपाल आक्रमण गर्नका लागि आएका इस्ट इण्डिया कम्पनीको अंग्रेज सेनालाई गुलेली, खुकुरी, सिस्नो, अल्लो र अरिङ्गालको सहायताले पराजित पारेको सिन्धुलीगढी किल्लाको रुपमा रहेको सिन्धुलीगढीमा नेपाली सेनाले राष्ट्रियस्तरको युद्ध संग्रहालय निर्माण गर्ने भएको हो ।

नेपाली सेनाले युद्ध संग्रहालय निर्माणका लागि गढी पुनः निर्माण तथा संरक्षण कोषबाट ४ करोड ५० लाख बजेट विनियोजन गरेको बर्दबहादुर गणका गणपति राजीब थापाले जानकारी दिनुभएको छ । तत्कालीन माओवादीले २०५२ सालमा जनयुद्धको थालनी गर्दा पहिलोपटक आक्रमण गरेको प्रहरी चौकीसमेत सिन्धुलीगढीमा नै रहेको थियो ।

युद्ध संग्रहालय