ट्राफिक प्रहरीको सक्रियता : ३७ मोटरसाइकल समातिए

चितवन : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले थालेको नियमिति सवारी चेकजाँचका क्रममा बिहीबार मात्रै ३७ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कार्वाही गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तगर्त चितवनको भरतपुर चौवीसकोठी क्षेत्रमा गरिएको सवारी छड्के चेकजाँचमा क्रममा नियम उल्लघंन गर्ने सवारीहरुबाट कार्वाहीस्वरुप २९ हजार पाँच सय राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्र कुमार गिरीले बताए ।

ट्राफिक प्रहरी प्रमुख गिरीका अनुसार ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको चेकजाँचका क्रममा सवारी कार्वाहीमा पर्नेहरुमा अनुमती लगायत अन्य कागजपत्र नभएका, समयमै कर नतिरेका रहेका छन् । त्यस्तै, केही शंकास्पद अवस्थामा रहेको मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । यस अघि पनि मंगलबार मात्रै सवारी चेकजाँचका क्रममा चोरीका मोटरसाइकल फेला पारी मात्रै सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको ट्राफिक प्रहरीले यो अभियानलाई निरन्तरता दिने जनाएको छ । चितवन ट्राफिकले पछिल्लो समय विहान र साँझको समयमा चेकचाँजमा विशेष कडाइ गर्दै आएको छ ।