प्रिय विद्यार्थी साथीहरू, अभिवादन !

तपाईहरू भारतले सार्वजनिक गरेकाे राजनैतिक नक्शाले नेपाली भूगाेल मिचेकाे देखेर अत्यन्त आक्राेशित हुनुभएकाे देख्दा खुशी लाग्याे । तर चिन्ता पनि त्यतिकै छ ममा । मनभित्र आक्राेश बाेकेर तपाईहरूले माेदीकाे फाेटाे पाेलेकाे अनि भारतका विरूद्ध नारा लगाएकाे पनि देखें र सुनें । विपक्षीहरूले यसाे गरेकाे भए एक हदसम्म ठिकै हुँदाे हाे तर सत्तापक्षका पनि सबैभन्दा माथिका नेताहरूका सओदर (!) भनिएका नेता कार्यकर्ताले यसाे गर्दा शाेभा दिँदैन । सामान्य क्याम्पसकाे चुनावमा अनि वार्ड र गाउँ कमिटीकाे कार्यक्रममा समेत प्रमुख अतिथि बनेर जानका लागि तँछाडमछाड गर्ने सिङ्गल डिजिटकाे कमिटीका नेताहरू यति ठूलाे कार्यक्रममा आउन किन अनिच्छुक हुनुभयाे ? याे विषयमा गम्भीर चिन्तन आवश्यक छ । कतै देशमा फेरि अर्काे ऋतिकराेसन काण्डकाे तयारी त भइरहेकाे छैन ? शङ्का लाग्याे । हाेइन भने यस्ताे विषयमा सत्ताधारी पार्टीले विद्यार्थीलाई शडकमा उफारेर छिमेकीकाे झण्डा पाेल्न लगाउने हाेइन; बरू सरकारकाे तर्फबाट प्रधानमन्त्रीले सर्वदलीय वैठक राखी नेपालसँग भएका अन्तरराष्ट्रिय मूल्यमान्यताअनुरूपकाे याेग्यता पुगेका सन्धिसम्झाैता, पुराना नक्शा र जनगणना र भाैगाेलिक इकाइहरू प्रष्टिने अभिलेखका साथमा परराष्ट्र मन्त्रीकाे नेतृत्वमा स्थापित सीमा विज्ञहरू, पूर्वपराष्ट्रमन्त्रीहरू र प्रतिपक्षी दलका परराष्ट्र मामिला हेर्ने प्रतिनिधिसमेतकाे टाेलीलाई भारत पठाएर भारतका कारण उत्पन्न याे सीमा समस्याकाे सम्मानजनक समाधानका लागि कुटनैतिक र राजैतिक पहल नेपालकाे तर्फबाट स्वयम् प्रधानमन्त्रीबाट थालिनु पर्दछ । सत्तारूढ दलकाे पहलमा उच्चस्तरीय सर्वदलीय बैठक ( विषय विज्ञहरूसहितकाे ) राखी याे नक्शाका सम्बन्धमा साझाधारणा सार्वजनिक गर्नु पहिलाे काम हाे । त्यसैले याे देशका लागि मर्न तयार छाैं भन्ने युवाविद्यार्थीहरूले पहिला आफ्ना पार्टीहरूलाई अनुशासित किसिमले दवाव दिनुपर्दछ । सरकार, सरकारवाला पार्टी र प्रतिपक्षी पार्टीका पनि परराष्ट्र मामिला हेर्ने निकाय हुन्छन् । तिनीहरू खै ? दाम जसरी पनि हाम हाे तिनीहरूकाे काम ! के यस्ता सीमासँग सम्बन्धित विवाद अन्यत्र कहिँ थिएनन् ? उत्पन्न विवाद समाधानका लागि भएका अन्तरराष्ट्रिय अभ्यास कस्ता छन् ? अन्तरराष्ट्रिय अदालतले गरेका फैसलाका नजिरहरू कस्ता छन् ? त्याे विषयमा खाेज र अध्ययन गर्दैछन् नेकपाका र नेकाका बरिष्ठ कानुन विदहरूले ? कि अफताप आलमलाई र महरालाई अनि करछली र भ्रष्टाचारमा चुर्लुम्म डुबेका घैंटेहरू बचाउने बाहेक यिनकाे राज्यप्रति कुनै दायित्व छैन ? संयमित भएर हाम्राे धराधामकाे रक्षा गर्ने अभियानमा जुट्नु हामी सबै नेपालीकाे राष्ट्रिय दायित्व हाे । जिम्मेवार राजनैतिक पार्टीहरूले आफ्ना भात्री सङ्गठनहरूलाई ठीक ढङ्गले दिशा निर्देश अर्नु अति आवश्यक छ । अब पनि वलभद्र र अमरसिहले झैं खुकुरीले छप्काइदिन्छाै भन्ने हाे भने हाम्राे सार्वभाैमिकता र अखण्डताकाे रक्षा संभव छैन । न त किम इलसुङका नातिले अमेरिकालाई तर्साएझै हामी माेदीलाई तर्साउन सक्छाैं । भारतीय जनतासँगकाे नेपालकाे इतिहासदेखिकाे मैत्रीपूर्ण सम्बन्धकाे बल प्रयाेग गरेर भारतीय शासक वर्गले नेपालमाथि गरेका अन्यापूर्ण गतिविधिलाई तेजहीन बनाउन सकिन्छ । नेपाल भारतकाे बीचकाे द्विपक्षीय उच्चस्तरीय मैत्रीपूर्ण कुटनैतिक पहलकद्मी आजकाे आवश्यकता हाे । सरकारले पहलकदमी लिएन भने पार्टीहरूले, पार्टीहरू कानमा तेल हालेर बसे युवा विद्यार्थी र आम देशभक्त नेपालीले मुलुककाे अस्मिता रक्षाका लागि संयुक्तरूपमा कदम चाल्नुपर्दछ । जसले पनि जहाँबाट पनि दुई देशबीचकाे मैत्रीमा आच पुग्नेखालका गतिविधि गरियाे भने क्षति सानाले नै भाेग्नुपर्छ । आशा छ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रानमन्त्री केपी ओलीले नेपाल सरकारकाे तर्फबाट अनि अर्का अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका सभापति शेरवहादुर देउवाले पार्टीहरूकाे प्रतिनिधित्व गर्दै कालापानी,लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागलाई नेपालकाे भूगाेलबाट हटाएर भारततिर लैजाने जुन वदनियतपूर्ण काम भएकाे छ यसलाई भारत सरकारले आत्मालाेचनाका साथ सच्याउने काम गराेस् भनेर अैापचारिक पत्रका माध्यमले माग गर्नुहुनेछ । यतिवेला कुनै पार्टी विशेष र नेता विशेषकाे विराेध र समर्थनमा भन्दा पनि हाम्राे प्याराे देशकाे अस्मिता बचाउका लागि एकजुट हुनु सम्पूर्ण नेपालीकाे कर्तव्य हाे । नेपाल स्वतन्त्र देश हाे । स्वतन्त्रतामाथिकाे हस्तक्षेप कति पिडादायी हुन्छ भन्ने कुरा हाम्रा दुबै छिमेकी मित्रराष्ट्रका जनता र नेताहरूलाई थाहा छ । त्यसैले नेपालमाथिकाे थिचाेमिचाे तत्काल बन्द गरियाेस् । यदि यसरी गरिएका पहलहरूले पनि हाम्राे अखण्डतामाथि भएकाे हस्तक्षेप राेकिएन भने नेपाल सरकार तीन कराेड नेपाली र सम्पूर्ण मित्रराष्ट्रहरूलाई साथमा लिएर अन्तरराष्ट्रिय अदालतमा जानुपर्दछ । देशकाे मायाले आक्राेशित युवाहरूसँग अनुराेधछ : त्याे जाेशले मात्र सकारात्मक नतिजा दिन्छ, जुन जाेशकाे सारथी हाेस हुन्छ । धन्यवाद !  लेखक : तत्कालीन एकीकृत नेकपा माओवादी पार्टीकाे बुद्धिजीवी सङ्गठनकाे चितवन जिल्लाकाे अध्यक्ष हुन् ।