भरतपुर अस्पतालमा सुनारले गरे झुन्डिएर आत्महत्या

 

चितवन : चितवनको भरतपुर अस्पतालमा भित्रै एक युवकले गरे झुण्डियर आत्महत्या गरेका छन् । लम्जुङ दुधपोखरी गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष अन्दाजी २२।२३ को विष्णु बहादुर सुनारले आत्म हत्या गरेको चितवन प्रहरीका प्रहरी नायब उपरिक्षक शालिग्राम पौडेलले जानकारी दिए ।
अस्पतालमा निजकै श्रीमती डेलिभरी हुन ल्याएकोमा बच्चा पैदा भए पश्चात निज सुनारले उक्त हस्पिटलको मेडिकल वार्डको भर्याङमा रुमालको पासो (लामो रुमाल) लगाई झूण्डिएको र हाल प्रहरी पुगी घटना बारेमा अनुसन्धान गरिरहेको छ ।