प्रहरी निरीक्षक कार्कीको अप्रेसन : अवैध लागूऔषध सहित दुई जना पक्राउ

गैंडाकोट : ईलाका प्रहरी कार्यालय गैंडाकोटले अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । गैंडाकोट नगरपालिका वडा नम्बर १३ घर भई हाल गैंडाकोट नगरपालिका वर्डा नम्बर ५ स्थित बिष्णु श्रेष्ठको घरमा डेरा गरी बस्ने २९ बर्षीया सुनिल रौनियार र २२ बर्षीया सीमा शाहलाई अवैध लागू औषध सहित प्रहरीले मंगलबार बेलुकी पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख दीपक कार्कीका अनुसार लागुऔषध लुकाई छिपाई राखी बेचबिखन गर्ने गरेको छ भन्ने विशेष सुराकीको आधारमा प्रहरी नायब निरीक्षक वालकृष्ण शर्माको कमाण्डमा खटी गएको प्रहरीको बिशेष टोलीले स्थानीयको सहयोगमा खानतलासी गर्ने क्रममा सुनिल रौनियारले लगाएको ट्याक पाईन्टको बायाँ खल्तीबाट अवैध लागुऔषध डाईजेपाम ३ एम्पुल, नुफिन ३ एम्पुल र फेनारगन ३ गरी जम्मा ९ एम्पुल, (सेट ३) बरामद गरेको जानकारी दिनुभयो ।

उहाँले डेरा कोठा खानतलासी गर्ने क्रममा ढोका नजीकैको उत्तर पट्टी पत्रिकामा कालो टेपले बेरीएको २२/२२ एम्पुलका दरले डाईजेपाम, नुफिन र फेनारगन गरी जम्मा ६६ एम्पुल, (सेट २२) अबैध लागुऔषधसहित स्थानीय सुनिल रौनियार र सीमा साहलाई पक्राउ गरीएको र उनीहरुमाथि थप अनुसन्धान गर्नेे कार्य भइरहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो ।