अध्यक्ष प्रचण्डकी जेठी बुहारी त्रिपाठी उपनिर्वाचनमा विद्याकी सहयात्री बन्दै !

पोखरा  : कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेवदार विद्या भट्टराईलाई प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीले दह्रो साथ दिएकी छन् ।

पोखरामा निर्वाचन प्रचार प्रसारको क्रममा नेकपाका अध्यक्ष प्रचण्ड, पार्टी महासचिव विष्णु पाैडेल लगायतका केन्द्रियस्तरका नेताहरु उपस्थित भएका छन् । यद्यपी त्रिपाठी समेत विद्याको सहयोगीका रुपमा निर्वाचन प्रचारमा लागि परेकी हुन् ।

प्रचण्डका एक्ला पुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएपनि बुहारीहरु नेकपाको राजीतिमा सक्रिय रहेका छन् ।

स्व. प्रकाशकी कान्छि पत्नी बिना मगर अहिले नेकपाको सरकारकी खानेपानी मन्त्री रहेकी छन् । भने, जेठी श्रीमति त्रिपाठी कास्कीमा नेकपाको राजनीतिमा सक्रिय रहेकी छन् ।

यस्तै, उपनिर्वाचनमा नेकपाको सम्पूर्ण शक्ति पोखरा केन्द्रित रहँदा त्रिपाठीको सक्रिय निर्वाचन प्रचारप्रसारलाई समेत गम्भीर रुपमा हेरिएको छ भने, उनी थप सक्रिय ढंगले राजनीतिमा लाग्ने अनुमान समेत गरिएको छ ।