एसपी दानबहादुरको सफलता : भयरहित वातावरणमा चितवनमा नागरिकले मनाए चाडपर्व (हेरौँ पुराविवरण)

चितवन : चितवनमा दशै तिहार र छठ जस्ता चाडपर्वमा शान्ति सुरक्षा कायम राख्न चितवन प्रहरी सफल भएको छ । विगतका बर्ष भन्दा यो पटकको चाडपर्वमा प्रहरीको सुरक्षा योजना प्रभावकारीभएसगैँ शान्ति सुरक्षा कायम राख्न चितवन प्रहरी सफल भएको हो । जसका कारण जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवंम् प्रहरी उपरिक्षक दानबहादुर मल्लको अप्रेशन क्लिन चितवन अभियान अन्र्तगत सञ्चालित चाडवार्ड लक्षित योजना प्रभावकारी देखिएको छ ।
विगतमा समयको यही मौकामा चोरी, लुटपाट, कालोबजारी, कुटपिट, पाकेटमारी, जुवातास, अवैध मदिरा बिक्री–वितरण, आगजनी, विस्फोटन, तस्करी, चोरी–निकासी, ट्राफिक दुर्घटना, ठगी, ट्राफिक नियम उल्लंघनजस्ता घटना अत्यधिक हुने गर्थे उहाँले भन्नुभयो, तर यो पटक कुनै अप्रिय घटना भएन् जसले चितवन प्रहरीलाई सफल बनाएको छ ।
विशेष सुरक्षा रणनीति तयार गरी त्यसको प्रभावकारी कार्यान्वयन भएकै कारण पर्वलाई लक्षित गरेको विशेष सुरक्षा योजनामा पूर्ण रुपमा शान्ति सुरक्षा भएको कार्यालयको तथ्याकंले पनि देखाएको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटना र अपराध न्यूनीकरणका लागि सुरक्षा योजना बनाएको थियो । प्रहरी प्रमखु सवेन्द्र खनालको निर्देशन वमोजिम यो पटक फरकशैलीको अप्रेशन भएकै कारण चितवन प्रहरी सफल भएको मल्लले बताउनुभयो ।
जिल्लाको सुरक्षा समितिको बैठकले समेत प्रहरी प्रमुख मल्लको टिमकै कारण यस बर्ष चितवनमा अप्रिय घटना हुननदिई शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा र धन्यवाद ज्ञापन समेत गरेको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो ।
सुरक्षा निकायका हरेक योजनाको प्रभावकारिता जनताको साझेदारीकै कारण हामी सफल भएको हौँ उहाँले अगाडी भन्नुभयो प्रहरीले यस पक्षमा पनि ध्यान दिएको देखिएको छ, जसलाई सराहनीय मान्नुपर्दछ ।
उनका अनुसार चितवनमा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन, विद्यार्थी, अभिभावक, विद्यालय सम्पर्क कार्यक्रम, स्थानीय तहसँग समन्वय र सहकार्य, सडक मानवमुक्त महानगर अभियान सञ्चालनले नै यो योजनालाई सफल बनाएको प्रमुख मल्लको भनाई छ । यति मात्रै नभई जिल्लाको बिभिन्न ठाउँहरूमा क्रस चेक प्वाईन्ट, ज्वाईन्ट पट्रोल, मा.प.से. चेकिङ पनि सफलताको कडी भएको तर्क गर्नुभयो ।
कार्यालयको तथ्याकं अनुसार दशै तिहार र छठको समयमा मात्र चितवन प्रहरीलेल विभिन्न कारण ४ सय ७१ जनालाई पक्राउ गरिएकोमा १ सय ९९ जनालाई मुद्दा चलाईएको र २ सय ७२ जनालई सोधपुछ पश्चाकत छाडिएको छ ।
यस्तै लागु औषध नियन्त्रण तर्फ १८ जनालाई पक्राउ गरि १२ जनालाई मुद्दा चलाईएको र उनीहरुबाट डाईजेपाम ५४ एम्पुल, व्युप्रिनोर्फिन ५२ एम्पुल, फेनारगन ५२ एम्पुल, नाईट्राजेपम ४६३ ट्यावलेट, गाँजा २ किलो ७८१ ग्राम र चरेस ५ ग्राम बरामद भएको थियो ।
यसैगरि यसैअवधी ५ जना चोरहरु पक्राउ गरिएकोमा ३ जनालाई मुद्दा चलाई कार्वाही गरिएको उहाँले बताउनुभयो । भने अवान्छित कृयाकलापमा संलग्न ८ जना तेस्रोलिङगीलाई पक्राउ गरि मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत कारवाही गरिएकोले हाल यस्ता विकृती नदेखिएको प्रहरीको दावी छ ।
यसै अवधीमा कैद जरिवाना तोकी फरार रअनुसन्धानको क्रममा फरार रहेका ४÷ ४ जना गरि ८ जनालाई समेत पक्राउ गरिएको छ । यसैअवधीम ३५ वटा सवारी दुर्घटनामा गरेर ७ जना मानिसको मृत्यु भएको छ । भने यसै समयमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ८ सय ५० वटा सवारीलाई कार्वाही गरि २२ लाख राजश्व समेत संकलन चितवन प्रहरीले गरेको छ ।
यस्तै यहि समयमा चितवन प्रहरीले ३५ वटा सवारीबाट २ सय १६ जना यात्रुको बढी भाडा फिर्ता समेत गराएको छ । यस्तै शान्ति सुरक्षालाई थप मजबुत बनाउन सामुदायिक साझेदारी कार्यक्रम अन्र्तगत ११ वटा बिद्यालय सम्पर्क कार्यक्रम, ६ वटा लागु औषध बिरुद्धको जनचेतना, ३ वटा मानब बेचबिखन बिरुद्धको जनचेतना, २ वटा साईवर सुरक्ष, ५ वटा घरेलु र लैंगिक हिंसा विरुद्ध कार्यक्रम, ६ वटा सरसफाई र ४ वटा सडक सुरक्षा कार्यक्रम पनि सफलता पूर्वक सञ्चालन गरेको छ । भने ८६ जना जुवाडेलाई पक्राउ गरि १२ लाख रुपैयाँ बढी नगद समेत बरामद गरेका थियो ।