टिकौली जंगलको सडक छेउको झाडी हटाइदै

चितवन । पूर्वपश्चिम राजमार्गअन्तरगत पर्ने टिकौली जंगलको सडक छेउका झाडी पन्छाउने काम सुरु भएको छ । जैविक विविधताले महत्वपूर्ण बरण्डाभार क्षेत्रमा पर्ने टिकौली मध्यवर्ती समुदायिक वन उपभोक्ता समूहले सडक छेउछाउनका झाडीहरु हटाउन सुरु गरेको हो ।
सडकको दुवै तर्फका झाडीहरु हटाउन सुरु गरिएका वनका अध्यक्ष ईश्वरीप्रसाद लामिछानेले बताए । सडकसँगैको जंगलमा झाडी हुँदा जंगली जनावरहरु सडकमा आएको थाहा नहुने र दुर्घटना हुनसक्ने भएकाले झडी सरसफाइ गरिएको लामिछानेले बताए । दुर्लभ वन्यजन्तुको संरक्षण तथा सौन्दर्यताका लागि मुख्य राजमार्ग छेउमा पर्ने वनको क्षेत्रफलमा सरसफाइ गरिएको लामिछानेको भनाइ छ ।
समूहले पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकको दुवै तर्फगरि करिब चार किलोमिटर लम्बाइमा झाडी फँडानी गरेको हो । वनका उपभोक्ताहरु मिलेर नै झाडी फाँड्न सुरु गरेका हुन् ।